शिखर इन्स्योरेन्सले ६.३६ प्रतिशत लाभांश दिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई कुल ६.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ६.३६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९ हजार रुपैयाँको ६ प्रतिशतका दरले आउने १७ करोड ५३ लाख ८५ हजार ९ सय ४० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतका दरले आउने ९२ लाख ३१ हजार १ सय ४७ रुपैयाँ नगद लाभांश सेरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर र नगद लाभांशसमेत गरी जम्मा १८ करोड ४६ लाख १७ हजार ८७ रुपैयाँ बराबरको ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरिएको जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ ।















