मे दिवसले नछोएको मजबुर–मजदुरहरुको आँशु झार्ने कथा

”ईश्वर पनि एक श्रमिक हुनुहुन्छ । म लखतरान भएको छु,धेरै थाकेको । म जन्मनुभन्दा पहिलेदेखि नै थाकेको छु । मेरी आमाले मलाई कोखमा पालेदेखि नै श्रम–मजदुरी गर्नु हन्थ्यो । म त्यतिबेला देखि नै एउटा श्रमिक हूँ । म आफ्नो आमाको थकानलाई महसुश गर्न सक्दछु । उहाँको थकान अझै मेरो शरिरमा धड्की रहेको छ”(सबीर हका,ईरानका श्रमिक कवि) ।
रणनीतिक रूपमा महत्वपूर्ण देशका लहड बाजीहरुलाई बिश्वका शक्तिशाली देशले चिढ्याउन चाहदैनन् । भारतमा जसले निर्वाचन जीते पनि हामी नेपालीको लागि केही फरक पर्दैन । नेपालको सीमा मिचिएको कुरामा त्यहाँका संसदबादी दलले कुनै कुरा उठाएका छन त ? भारतीय काँग्रेसले नेपालको सीमा मिचिएको भन्ने बारेमा आवाज उठाएको सुन्नु भएको छ त ? ५ किलो अन्न,५०० भारूमा भोट बिक्ने देशमा यस्तै मतदाताको लामो लाइन हूँदैमा बिश्वको सबभन्दा ठुलो लोकतन्त्र हुन्छ भन्ने कुरामा म चाहिँ बिश्वाश गर्दिन–बिश्वको सबभन्दा बिकृत लोकतन्त्र मान्न सकिन्छ । सम्माननीय मोदीजीले गुजरातको एक कार्यक्रममा चुनाबले मात्रै लोकतन्त्रको मूल्य स्थापित हुन सक्दैन भनेर भन्नु भएको थियो( मैले टीपेर राखेको थिए फेला परेछ भने पेश गर्नेछु) । अब फेरि भाजपाले बिजय प्राप्त गरेमा फेरि चुनाव हुदैन भन्ने बहश पनि चलेको छ । यिनै मतदाताले मत दिने यस्तो चुनाव हुनु भन्दा त बरु नहोस ।
नेपालीमा समेत प्रकाशित एक जना अंग्रेजी लेखकले महात्मा गाँधी बारे लेखेको लेखमा लेखकले गाँधी भारतीय समाजको बिकाशको अवस्था देखेर अरु थप १० बर्ष अंग्रेजले शासन गरून भन्ने चाहनु हुन्थ्यो रे भनेर लेख्नु भएको थियो । सामाजबादी नायक बीपी कोइरालाले बि.सं.२०३६ सालमा जनमत संग्रहको नतीजा स्वीकार्नुको पछाडि खेलको नियममात्र मानेको हैन बरु देशका आफ्ना र अरु दलका नेताहरुको सक्षमता र नैतिकताको पूर्व अनुमान गर्नु भएकोले चाहिँ हुनसक्छ कारण भन्ने लाग्छ किनकी नेपालका दूरदर्शी नेतामा बीपीपछि राजा महेन्द्र र मोहनबिक्रम सिंहनै पर्नु हुन्छ । माओबादीहरुको जनयुद्ध ? कुम रोल्पाबाट हैन–भिमानबाट भएको थियो,ऋषि देवकोटा आजाद–दुर्गा सूबेदी–रजन मगर–सीपी गजुरेलहरुले भिमानमा एकजनालाई भौतिक कारवाही गरेर । त्यो कारवाहीको प्रभावको दुरदर्शिता बिश्लेषण गरेर मोहन बिक्रमले स्वीकार नगरेपछि आजाद अलग भएका हून र पछि बि.सं.२०५२ को सशस्त्र बिद्रोहलाई पनि मोहनबिक्रमले समर्थन गर्नु भएन–सायद उहाँले १२ बुँदे सम्झौताको आँकलन त्यतिबेला नै गरिसक्नु भएको थियो होला ।

यही चुनाव प्रणाली–यही कार्पोरेट फण्डिङ्ग–चुनावमा वा अरु राजनीतिक कार्यक्रममा नेताहरुले म्याऊँ–आगो ओक्लने–जर्सी गाय–काँग्रेस की विधवा–हायब्रिड बछडा–५० करोड की गर्लफ्रेण्ड–मङ्गलसूत्र–जुमलेबाज लगायतका हल्का शब्दहरु प्रयोग गरेर गरिने सम्बोधनले सही लोकतन्त्रलाई सही बिशेषण–उपाधि भिराउन सक्दैन । हिन्दी भाषामा प्रकाशित भारतको एक खवरलाई र सामाजिक सञ्जालमा साझा गरीएको एक बिचारलाई नेपालीमा अनुबाद गरी तल पेश गरेको छु ।
“ ‘जम्मा १४ बर्षकी थिएँ विवाह हुँदा । पतिसँग उखु काटन दक्षिण जानु प¥यो । खालि खेतमा टिनको झुपडी । ढोकामा खापा थिएन,साडीको पर्दा हुन्थ्यो । एकान्त र कोही नभएको मौका छोपेर ठेकेदार आएर लछार पछार पारेर जर्वजस्ती गरेर जान्थ्यो । आफुले केही गर्न सक्दिन थिएँ–डाँको छोडेर रुनपनि सक्दिनथेँ । आठ महिनाको गर्भवति दैनिक ३ हजार किलो उखुलाई ट्रकमा चढाउने गर्थेँ । पतिले उखु काट्नु हुन्थ्यो म मुट्ठा बाँधेर ३० किलो टाउकोमा बोक्दै काठको हावामा हल्लीने सामान्य भ¥याङ्गमा चढदा जति खुट्टा लुगलुग काम्न लाग्थ्यो,त्यो भन्दा बढी मुटु थर्किन्थ्यो । महिनाबारीको बेला यसरी काम गर्दा हुँदा रगतले कपडा भिज्दथ्यो,अब सबै झन्झट खत्तम भयो ! ३० बर्षको उमेरमा बच्चादानी–पाठेघर झिकी दिएँ । न महिनावारी हुन्छ न त गर्भ रहने नै डर । उखु बोक्दा बोक्दै एकपछि अर्को गर्दै ३ वटा केटाकेटीहरु भए । जुनबेला महिलाले राम्रोसँग हिडन पनि असजिलो हुन्थ्यो,त्यस अवस्थामा गर्भ सहित उखुको भारी बोकी रहेँ । सिढी चढ्दा रिङ्गटा लाग्थ्यो,लडेर तल पो झर्ने हूँ की भन्ने लाग्थ्यो,तर अरु कुनै उपाय थिएन । म लडेपनि या गर्भ तुहेपनि–काम त गर्नै पर्ने हुन्थ्यो । पीरो अमिलो चटपटे खान मन लाग्थ्यो,तर भात सुख्खा रोटी खाएर सुत्ने गर्थे’ (महानन्दा) ।
‘ठेकेदारको र्दुब्यवहारले बढी रुवाउँथ्यो । मेरो पेटमा ७ महिनाको गर्भ थियो । गाउँ जाने इच्छा भएर पतिले ठेकेदारसँग कुरा राख्दा पहिले कामगर अनी बेला बेलामा जाँदैगर्नु भनेर मान्दैनथ्यो । पतिले जति बिन्ति गरेपनि जे मुखमा आयो त्यही बोल्ने गथ्र्याे । मलाई त मारमुङ्ग्री पनि गर्यो । सहनु बाहेक केही गर्न सकिएन । गाउँ फर्केर जाऔँ भने पनि के खाने । गाउँमा नत आफ्नो खेत बारी न कुनै कारखाना नै थियो । ठेकदारले महिला मजदूरलाई जिस्क्याउने,स्पर्श गर्ने गरेपनि पेट पाल्नु पर्ने डरले मुख बाँधेर बरु हामी सुक्क सुक्क रुन्थ्यौँ,कराऊन सकीदैनथ्यो’(लता दत्तात्रेय) ।
यसरी कामको सिलसिलामा महिला मजदूर अर्को राज्यमा जानुपर्दा महिनावारीमा बिदा माग्दा मजदूरी काटिनथ्यो,जिस्क्याउने र इज्जत समेत नै हरण हुन्थ्यो । यस्ता कारणले गर्दा पाठेघर नै फ्याल्न लागे पछि बीडको कैयौ इलाकाहरुलाई कोख नभएका–बे–कोख महिलाहरुको गाउँ भनेर भन्ने गरिएको छ”(मृदुलिका झा,२०२२ । ब्लैकबोर्ड ः हम औरतोँ को कोख निकलवानी पडती है,ताकि हर महीने ४–५ दिन का काम न छिने और रेप हो तो बच्चा भी न ठहर । दैनिक भास्कर,भारत । ०७ अप्रिल ई.सं २०२२) ।
“महाराष्ट्र मराठवाडाको बीड जिल्लामा कुवाहरु छन तर पानी छैन,खेत छन तर किसान छैनन् । सुख्खा र ढुङ्गे जमिन भएको क्षेत्रमा यदी केही छ भने त्यो हो रसिलो बस्तु उखु । तर यसको पछाडीे धेरै दर्दनाक र ह्रदयविदारक बास्तविकता भएको पाइन्छ । महाराष्ट्र स्टेट कमिशनको ई.सं २०१९ को एउटा प्रतिवेदन अनुशार बीड जिल्लाको २० देखी ३० वर्ष भित्रका महिलाहरुले आफ्नो पाठेघर झिकी रहेका छन । ई.सं २०१६ देखी अगिल्लो ३ बर्षमा ४ हजार भन्दा बढीले यूट्रस निकालेका थिए । कामको सिलसिलामा जिस्क्याउने र इज्जत हरण दुवैको लागि तयार हुनुपर्छ । थाहा पाए कहीँ पतिले छोड्देलान भनेर कसैलाई यस्ता पीडाहरु भन्ने पनि गर्दैनन् । रुन मन लाग्छ तर यसको पनि अनुमति छैन”(नीलोत्पल उज्जैन,साहित्य लेखक,भारत । सामाजिक सञ्जालको भित्ताबाट । २७ अप्रिल ई.सं २०२४) ।
“भ्रष्ट मानसिकताको व्यापारमा,असत्यले घेरेको बजारमा,सत्य बीचमा उभिएको थियो,साँझसम्ममा असत्य पूरै बिकी सकेछ,सत्य विना मूल्य उभी रह्यो,फाटेको कपडामा एउटा भगवानलाई भेटियो,परन्तु महङ्गा बस्त्रहरुमा मानव देखिएन,अनौठो तिम्रो लीला हे ईश्वर,काहाँ खोजेको तिमीलाई काहाँ पो भेटीयौ”(चञ्चल जिन्दल,साहित्य लेखिका,हिन्दुस्तान । सामाजिक सञ्जालको भित्तामा । १५ अप्रिल ई.सं.२०२४) ।
“गोरेटोमा एक्लै हिँडिरहेकी आइमाईसँग,हुँदैनन् केही पनि । बस,आफ्नै पाइलासँग गर्छिन्,हरेक पदचापपिच्छे सम्वाद,जसबाट सुख–दुःखका अनगिन्ती पाप्रा,उप्किँदै आउँछन्–हिउँदको सुक्खा खहरेका ढुङ्गाहरूबाट,उप्किएका मरन्च्याँसे लेउहरूझैँ”(विवश वस्ती,साहित्य लेखक । विवश वस्तीका तीन कविता–गोरेटो र आइमाई। रातो पाटी,डिजिटल पत्रिका,नेपाल । १५ बैशाख बि.सं.२०८१) । “…खाली पेट बोकिरहेछु भारी,म मजदुर,मेरा आँखामा,झलझली नाचिरहन्छन् भोका सपना…”(भावकेशर बराल,साहित्य लेखक । म मजदुर । सामाजिक सञ्जालको भित्ताबाट । १ मे–१९ बैशाख बि.सं.२०८१) ।
भारतीय बरिष्ठ साहित्य लेखक यश मालवीयले ३० अप्रिल ई.सं.२०२४ का दिन मजदूर दिवशको सन्द्धर्भमा दुईवटा कविता लेख्नु भएर–“ मजदूरी गर्ने महिला भोको सत्यको अगाडि आफैँलाई राखेर हेरिरहेकी छिन,थाहा छैन उनलाई रोटी झुत्रेझाम्रे भएको हो वा आफ्नो अनुहार झुत्रेझाम्रे भएको हो (१) । अनलाइन नै मे दिवश हो लाज मान्नुश ! किन आफ्नो यो तन्त्र हुतिहारा छ,लाज मान्नुस (२) !”,“…केही पशिना बगाई रहेको मान्छे,किन दमन गरिन्छ,चम्किरहेको अर्थव्यवस्थाको मुनि”(सरिता स्निग्ध ज्योत्सना । टुकडा–टुकडा इश्क और युद्ध–काव्य संग्रह । न्यू वर्ल्ड पब्लिकेशन,भारत । २८ जनवरी ई.सं.२०२३) । सामाजिक सञ्जालको भित्तामा साझा गर्नु भएको थियो,यी कविताहरुको सानो अंशले यथार्थताको चित्रण गरेका छन ।मानिश जति सम्पन्न हुन्छ आध्यात्मिकता तिर ढल्कन्छ,माश्लोको सिद्धान्तमा गरिरिएको छ यो भाव । खान लाउन मनग्गे पुगेका,समाजमा एउटा स्थान बनाएका महिलाहरुले सामाजिक सेवा भन्दा पृथक अति उच्च महत्वकांक्षा लिएर रातारात धनि हुने जोशीलो सुर,धुन,सोच तथा भूत नै चढेपछि समाजले त पैशा कमाएपछि ठूलो मान्छे मानिहाल्छ भन्दै व्यापार भै सकेको राजनीति लगायतका अरु क्षेत्रमा लाग्न आफु धेरै चिज गुमाउन तयार भएको सन्देश पेश गर्नेहरु होलान की नहोलान् थाहा पाउन नसकिए पनि विभिन्न क्षेत्रमा मजदुरी गर्ने नेपाली महिला मजदूरहरुको पीडापनि कहाली लाग्दो नै छ भन्ने चाहिँ जानकारी छ ।
पीडीत मजदूरहरुलाई मे दिवशको भन्दा पेट दिवशको सरोकार हुन्छ । मजदूरको गीत भजाएर जीवनशर्माले भने जस्तै गरी काठमाण्डौको सिंहदरबार त हाँसेकै छ अव त गाऊँ नगरका सिंहदरबारपनि खित्का छोड्न थालेका छन् । “नेपालका सम्भ्रान्तहरूको मजदुर दिवशको उपलक्ष्यमा ‘राजनीतिक दल’को लागि मजदुर सङ्गठनमा रहनु भएका सवै सम्भ्रान्त मजदुरहरूलाई बधाई !”(केशव प्रसाद भट्टराई,लेखक,पूर्व अध्यक्ष नेपाल शिक्षक सङ्घ,सचेत नेपाली नागरिक । सामाजिक सञ्जालको भित्ताबाट । १ मे–१९ बैशाख बि.सं.२०८१) ।
राजनीति गर्ने नीतिलाई राजनीति भनिन्छ । राजनीतिले समाजलाई जोड्ने हैन रहेछ । नीतिको राज नै समाजलाई जोडछ किनकी त्यहाँ सेवाको भावना हुन्छ । असङ्गठित सज्जन शक्तिले सङ्गठित भएको दुर्जन शक्तिसँग भिडन नसक्ने हुँदा उत्पादनका शक्तिहरु यशैगरी शोषण र हेपाईको शिकार हुन्छन । हामीले प्रजातन्त्रको पुर्नस्थापना पछि लोकतन्त्रको नाममा बहुत स्वतन्त्रताको उपभोग गर्न पाएको छौँ–अर्थात मनपरितन्त्र–लहड तन्त्र–रहर तन्त्र–जनताले नखाई नखाई तिरेको राजस्वमा लूटतन्त्र । ०७ फरवरी ई.सं.२०१९ मा यूकेको फोर्थ स्टेटद्वारा प्रकाशित टर्कीकी पत्रकार,लेखिका,साहित्य लेखिका इसे टेमेलकुरानको प्रशिद्ध ननफिक्शन पुस्तक ‘कसरी देश गुमाउने ः द सेभेन स्टेप्स फ्रम डेमोक्रेसी टु डिक्टेटरशिप’ निस्कीएको पनि ५ बर्ष ब्यतित भै सक्यो । लोकतन्त्रको आवरणमा भै रहेको लूटतन्त्र जारी छ । टेमेलकुरानको पुस्तक पढेपछि बिराटनगर निवाशी प्राज्ञ,लेखक,बुद्धिजीवी,मानवअधिकार कर्मी दिनेश श्रेष्ठले केही बर्ष अगाडिनै आफ्नो सामाजिक सञ्जालको भित्तामा–“प्रस्तुत पुस्तकमा उनले ट्रम्प,मोदी देखि टर्किका एर्डोगमान(सफ्ट तानाशाह प्रियताबादी उत्तेजक–राष्ट्रवादी तथा जनउग्र पपुलिष्ट नारा लगाएर शासन सत्ता माथि एकलौटि कव्जा गरेको कुरो वडो मिहिन ढङ्गले ब्याखा गरेकी छिन । ७ वटा मूख्य कुरालाई प्राम्भिक सङ्केतको रूपमा उल्लेख गरेकि छिन । यशमा सताले आफ्नै ढङ्गले निर्माण गर्ने आन्दोलन,न्यायिक तथा राजनैतिक संरचनालाई भत्काईदिने,आफ्नै अनुकुलको नागरिक मनोविज्ञान निर्माण तथा डिजाइन गर्ने लगायत पर्दछन । अहिले नेपालको वर्तमान सत्ताको चरित्र पनि टेमेल्कुरानले उल्लेख गरेको कुरासंग धेरै हद सम्म मिल्न गएको छ । प्रधानमन्त्रि ओलीको कार्यशैली,विपक्षीहरूको निरिहता तथा वर्तमान अवस्था र घटना परिघटनाले नेपाललाई जवर्जस्त त्यतै तिर डोर्याई रहेको छ”जस्ता बिचार उल्लेख गरेर साझा गर्नु भएको थियो । “जो पहिले कुनै बेला सत्तामा थिए उनीहरु विगतमा जान चाहन्छन्,जो अहिले सत्तामा छन उनीहरु सधैँ सत्ता मै रहन खोज्छन ।

जो अहिलेसम्म सत्तामा बसेका छैनन् उनीहरु परिवर्तन चाहन्छन । यही सामान्य नियम हो”(लू शुन–साहित्यिक नाम,झाऊ शुरेन–पारिवारिक नाम । सङ्कलित रचनाहरु । चीन ।
भारतमा मोदी फेरि प्रम हुने कुरा बिदेशी सञ्चार माध्यममा पनि आएको छ । ई.सं.२०१२ मे महिनाको अङ्कदेखि सरिता हिन्दी पत्रिकाले टाइम पत्रिकामा मोदीजीको गुणगान भएको कुरा उल्लेख गर्दै अंग्रेजी पत्रिका द कैरेभानमा प्रकाशित बिनोद के.जोशको लेखलाई धाराबाहिक रूपमा ‘अथ श्री नरेन्द्र मोदी कथा,शातिर शहंशाह का सच’ शीर्षक दिएर प्रकाशित गरेको थियो(मसँग पहिलो अंश भएको सरिता छ त्यशपछिको अङ्क बजारमा फेला पार्न सकीनँ) । सिस्टममा भएका त्रुटिमा वास्ता नगर्ने,गठबन्धनका अलोकप्रिय अनुहारहरु र खाली मोदीजिलाई मात्र गाली गर्ने ई.सं.२०२९ कै गल्ति–बिरोधको ब्यक्तिबादी चरित्रको कारण फेरि पनि भाजपालाई पूर्ण बहुमत हुने अनुमान गरिएको छ । राजनीतिका गफ दिने हामी नेपाली त मतदानमा मूर्ख हुने गरेका छौँ । नेपालमा मिसन ८४ को लागि अहिले देखि तयारी हुदै छ–यही चुनाव प्रणाली अन्तर्गत हुने चुनावी नौटङ्कीको लागि । यतिबेला मलाई म सँग सामाजिक सञ्जालमा जोडीनु भएका एक भारतीय अग्रजको तलको कविताको सम्झना हुन्छ ः
“सत्ताको लागि,अरु कति तीव्र हुन्छ,आक्रमण प्रत्याक्रमण,केही दिन या महिना बाँकी छ,एक अर्कामा,उज्याइएको छ,दुई धारे तरवार । हारजीत जसको भएपनि,एउटा डुब्छ बिचको प्रवाहमा । हृदयकों ढुकढुकीसँगै,हुदै छ निर्वाचनको प्रतीक्षा । माहौलको हेर्नुस प्रभाव,तल माथि हुदै गर्छ,सट्टा बजारको भाऊ,र निर्दलियहरुको अलग्गै छ आफ्नै दाऊ । आफ्नालाई भन्दा अरुको मान गर्न शुरू । मौका आउँछ खुशी हुनु,जति सक्यो खुशी हुनु गुरु । आखिरमा परिणाम त आऊछ,केही पराजित हुन्छन केही बीजयी,जित्नेले उत्सव मनाउने छन् । कसैलाई सत्ता मिल्छ,कसैलाई वनबाश । फेरि अरु तीव्र हुन्छ,नयाँ सवाल नयाँ जवाफ । तर एउटा सवाल,फेरि पनि निरुत्तर नै रहने छ, नेताले त पहिले पनि जितेका थिए,आहिले पनि जितेका नै छन,जीती रहन्छन,त्यो दिन कहिले आऊँछ,जुन दिन जनताहरु जित्ने छन् (महेश खरेल,पत्रकार–साहित्य लेखक । जनता कब जीतेगी । सामाजिक सञ्जालको भित्ताबाट । १० डिसेम्बर ई.सं.२०२१) ।
हुन त नेपालका अधिकांश श्रमिकहरु अरु देशको लागि श्रम गर्न बाहिरिएकाले नेपालमा छिमेकि तथा वरिपरिका मित्र राष्ट्रहरुबाट आएकाले यहाँ श्रम गरेपनि विश्वका सवै मजदूर जहाँ भएपनि जो सुकै भएपनि “श्रमिकको जहाँ सम्मान हुँदैन । त्यो देश धनी हुन सक्दैन”(कुमारप्रसाद दाहाल,सहसचिव,नेपाल सरकार । श्रमिकलाई सार्वजनिक विदाको पीडा ।समाचार दैनिक–अनलाइन पत्रिका । १९ बैशाख बि.सं.२०८१) । “…देश जति सुकै समृद्ध होश,पशिनाको मूल्य यति होश की श्रमिकहरुको चूल्हामा सधैँ आगो बलीरहोस…”(रेणुका आनन्द,साहित्य लेखिका । श्रमिक दिवस की हार्दिक बधाई एवं शुभकामनाएँ । पुरुलिया,पश्चिम बङ्गाल,भारत । सामाजिक सञ्जालको भित्ताबाट । ०१ मे ई.सं.२०२४) ।
“नेपाली समाजको रुपान्तरण र विकासका निम्ति श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृतिको निर्माण गर्न आवश्यक छ । श्रमलाई सम्मान गर्ने संस्कृतिको तात्पर्य श्रम विरोधी सबै किसिमका चिन्तन,व्यवहार,कानुन आदिको विरोधमा उभिनु,श्रमिकका हकहितका पक्षमा बोल्नु,श्रम गरेपछि नै फल प्राप्त हुन्छ भन्ने दृष्टिकोणको निर्माण गर्नु र जुनसुकै प्रकृतिको श्रम भए पनि त्यसलाई हेय नसम्झने धारणाको विकास गर्नु हो । राज्यले यस दिशामा जे जति काम गरेको छ त्यो पर्याप्त छैन”(डा.अमर गिरी,साहित्य लेखक,प्राज्ञ । श्रमलाई सम्मान गर्ने संस्कृति । नयाँ युगबोध राष्ट्रिय दैनिक–अनलाइन संस्करण । १९ बैशाख बि.सं.२०८१) ।
१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवशको उपलक्ष्यमा संसारका सबै श्रमिकहरूलाई हार्दिक शुभकामना !
(छविचित्र श्रेय ः महानन्द तथा लता दत्तात्रेयको–दैनिक भास्करबाट,०७ अप्रिल २०२२ । श्यामश्वेत स्केच भारतका वरिष्ठ साहित्य लेखक प्रयाश जोशीको र बालक सहितको महिला इट्टा बोकीरहेको प्रतिक वरिष्ठ सञ्चारकर्मी तथा लेखक सिद्धार्थ रामुको सामाजिक सञ्जालमा साझा गरिएको उहाँहरुलाई अवगत गराएर राखिएको । अर्जुन खतीवडाबाट,खोटाङ्गमा निर्माण कार्यमा महिला श्रमिक । सवै पहुँच तथा प्राप्ती–अधोभार २८ अप्रिल,०१ मे ई.सं.२०२४ मार्फत गुगल इन्टरनेट नेपाली समय दिनको ११.२२–४.०२) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *