दाहालको सत्ता छोड्नु पर्दाको पीडा

पाँच महिनाअघि तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस नेताहरुले उठाएका सवालको जवाफ सधैं एउटै शब्दमा दिन्थे– ‘सत्ता गुमेको पीडा । पाँच महिनापछि अहिले स्वयम दाहाल सत्ताबाट बाहिरिनु परेको स्नाहामा रन्थनिएका छन् । उनका प्रत्येक शब्दमा सत्ता गुमेको पीडा व्यक्त हुने गरेको छ । सत्ताको स्वाद चाखि सकेका सबैलाई सत्ता गुम्दा सर्वस्व गुमेको अनुभव हुन्छ । सायद त्यस्तै अनुभव भएको थियो, गत फागुनमा नेपाली कांग्रेसलाई डेढ वर्ष अघि नेकपा एमालेलाई नेपाली कांग्रेस र नेकपा एमालेलाईभन्दा माओवादीलाई त्यो पीडा कैयौं गुणा बढी छ । किनकी कांग्रेस एमालेसँग संसदमा सबभन्दा ठूलो र दोस्रो ठलो दलको हैसियत छ । तर माओवादीसँग त त्यो पनि छैन । सधैं कांग्रेस र एमालेलाई लडाएर जुधाएर, धोखा दिएर सत्तामा टिक्नु पर्ने दाहाल र उनको पार्टी माओवादी केन्द्रलाई अब त्यस्तो अवसर नआउने हो कि भन्ने डर छ ।
त्यसैले मंगलबार संसदमा उनले सत्ता छोड्नुपर्दाको पीडा व्यक्त गर्दा ‘कांग्रेस र एमाले ६ महिनामा झडा गरेर यो सरकार ढल्छ फेरि मेरोमा शरण पर्न आउँछन् ।’ दाहाललाई सरकारमा गएर मनपरी गर्ने, लुट्ने र तर मार्ने आश भने अझै अझै छ भन्ने देखिन्छ, उक्त अभिव्यक्तिबाट । दाहालले आफ्नो डेढ वर्ष शासन काललाई ‘रामराज्य’को रुपमा परिभाषित गर्ने कोशिस गरे ।
सु्शासन, विकास र शान्तिको त्रिवेणीको रुपमा आफ्नो कार्यकालको व्याख्या गरे । तर झुठो प्रचारवाजी, फुटयाइँ र ढाँट कुराभन्दा उनले आफ्नो शासनकालमा केही गरेनन् । कुशासनलाई सुशासन भनेर जनतालाई ढाँट्ने काम मात्र उनले गरिरहे । अहिले आएर नेपाली कांग्रेस र नेकपा एमालेसँग उनले आफ्नो सत्ता खोसेको बदला लिन खोजिरहेका छन् ।
मंगलबार संसदमा उनले धेरै अन्तसन्ट बोले । मानव वेचविखनको आरोप लागेकी उपसभामुखको देखि लेखा समिति सभापतिसम्मका कुरा उठाए । सत्तारुढ दलले लेखा समिति सभापति पनि आफैं राख्ने चालवाजी गरेको भन्दै ‘अब प्रमुख विपक्षी दलको नेताको पद पनि तिमीहरु नै राख ।’ सम्म भन्न भ्याए ।
विपक्षी दलको नेता हुँदा मात्र होइन, प्रधानमन्त्री हुँदा समेत मनपरी बोल्दै हिँड्ने दाहाल मंगलबार केही बढी नै आक्रोशित देखिए । उनले वर्तमान सरकारलाई असंवैधानिक करार गर्न समेत भ्याए । नक्कली भुटानी शरणार्थी काण्ड, विद्युत, प्राधिकरणको विवादास्पद डेडिकेटेड र फिडर विवाद जस्ता कुरासमेत उठाए । वर्तमान सरकारले माफियाको सेवा गरेको आरोप समेत उनले लगाए ।
पूर्वप्रधानमन्त्री दाहालले लगाएका आरोपहरु सबै निराधर नै छन् भन्ने पनि होइन । त्यसमा केही सत्यता पनि होला तर कुरा सत्य असत्यको होइन, कामको हो । जंगलमा हिँसाको विउ रोपिँदा खेर सपरिवार दिल्लीको पाँचतारे होटलमा बस्ने दाहालले द्वन्द्वकालमा के के गरे ? हत्या, हिंसा, अपहरण, बलात्कार, यातना, कुटपिट, लुटपाट, सरकारी सम्पत्तिको ध्वँस्त के गरेनन् । अहिले त्यसको मात्रै न्यायसम्मत र निष्पक्ष छानविन होस् नत । र, उनको दश वर्षको हिस्रक क्रियाकलापको लागि उनले कुनै सजाय भोग्नु पर्दैन ? हिंसा छाडेर खुला र संसदीय राजनीतिमा आएको पनि अठा वर्ष पूरुा हुँदैछ । यो बीचमा माओवादी चुनाव हारे पनि जिते पनि लगातार सरकारमा छ । अठार वर्षमा उसले चाँहि के लछारपाटो लायो त, कहाँ सुशासन दियो, कहाँ केमा विकास ग¥यो शान्ति र अमनचैन स्थापनाका लागि के ग¥यो, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा के प्रगति ग¥यो ? आफू सत्तामा हुँदा जायज भएको काम आफू सत्ताबाहिर हुँदा अर्काेले त्यही काम गर्दा कसरी अनुचित भयो ? त्यो त सत्तामा पुग्नेका लागि सधैं उचित नै लाग्नुपर्ने होइन र ?
सरकारको कामको मूल्यांकन गर्ने हैसियल माओवादी र अरु संसदका प्रतिपक्षी दलले गुमाइ सकेका छन् । तिनको कार्यशैली एकैनाशको छ । सत्तारुढ र प्रतिपक्षको जस्तो भूमिकाभन्दा पनि हिस्सेदार बनेर सबै क्षेत्रमा भागखोज्ने जस्ता छन् । त्यसैले अब नेपाली कांग्रेस, एमाले, माओवादी राप्रपा वा अन्य कुनै नयाँ पुराना दलको जस्तो अवस्थाले न त नेपाली जनताले सुख पाउँछन् न देशले नै गर्व गर्न लायक उन्नति गर्न सक्छ । देशको स्वतन्त्रता, सार्वभौमसत्ता, जनताको सुख सम्वृद्धि सबै अब यिनको हातमा छाडेर पुरा हुन्छ भन्ने विश्वास कसैलाई पनि छैन ।
ताजुव लाग्ने कुरा त के भने जब यिनको बुताबाट बेडापार हुन्छ भन्ने आशै छैन भने जनताले बारम्बार यिनैलाई किन चुनिरहन्छ ? यिनको विकल्प यी भन्दा पनि खरावलाई किन चुन्छन् ? प्रश्न यो हो । यो अत्यन्त गम्भीर प्रश्न छ सबै जागरुक नेपालीले यसको सम्बन्धमा सोच्नै पर्ने अवस्था आएको छ । के सबै नेपाली जनताले राजनीति बुझेका छन्, चेतनाको हिसाबले सबै एकनास सचेत हुन्छन् भन्ने अपेक्षा नराखौं, राख्नु, पनि हुँदैन तर आफुलाई बौद्धिक ठान्नेहरुको यो दशा देख्दा भने जो कोही निराश नभई सुखै छैन ।
‘जुन जोगी आए पनि कानै चिरेको’ सबै उस्तै हुन भनेर हामीले हाम्रो कर्तव्य छाड्ने हो भने नै नरहने र जनताले कुकुरले नपाएको दुःख पाउने स्थिति आउँछ । जनताले होसियारीपूर्वक कदम उठाउने र भरपर्दाे एवं विश्वसिलो विकल्प खोज्ने हो भने यो सुन्दर देश अझ सुन्दर बन्न सक्छ । जनताका आकांक्षा पूरा हुन सक्छन् । देशले चौतर्फी उन्नति गर्न सक्छ र निराश युवा पुस्तामा आशाको सञ्चार हुन सक्छ ।
कांग्रेस, एमाले, माओवादी र अन्य दलहरुको जनता झुक्याउने नाटकमा अब धेरै दिन विश्वास गरिराख्ने आधार छन । यति यो स्थिति बदलिएन र जनताले तिनलाई अझै विश्वास गरिराखे भने त झन् देश दशकौं पछि पर्छ । जनतालाई सत्य कुरा थाहा दिन र दलहरुले तिनलाई ढाँटिरहेको बताउन गाउँगाउँमा जागरणको खाँचो छ । कांग्रेस एमाले र माओवादी कार्यकर्तालाई नै नेतृत्वप्रतिको अन्धविश्वासबाट मुक्त गराउन जरुरी छ । यदि तिनीहरु अन्धविश्वासबाट मुक्त भ एभने तिनले आफ्नो दलमा सुधारका लागि प्रयास गर्न सक्छन् ।
कांग्रेस र एमाले नै सु्ध्रिए भने चाहिँ देशले चाडै तरक्की गर्न सक्छ । नयाँ जमात तयार पार्नु, तिनलाई प्रशिक्षित गर्नु काम लगाउनु, नयाँ संरचना खडा गर्नु र त्यसलाई चलाउनु निश्चय नै कठिन काम हो । त्यसो गर्नुभन्दा कांग्रेस एमालेभित्रै क्रान्ति गर्नू र अक्षम, अदूरदर्शी र भ्रष्ट नेतृत्वबाट दलहरुलाई मुक्त गरेर तिनै दललाई देश र जनताको हितमा खडा गराउनु उपयुक्त हुन्छ ।
अहिले सोसल मिडियाले गर्दा पनि सही कुरालाई गलत र गलतलाई सही गराउने काम भएको छ । त्यसलाई ठीक ढंगले सञ्चालन गर्न सरकारले आजसम्म सकेको छैन । सरकारले त्यसमा पनि ध्यान दिएर राजनीतिक दल, पार्टीहरु, नेता, सरकार र कर्मचारीतन्त्रमा रहेका विकृतिलाई सुधारेर अधि बढ्ने बाटो बनाउनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *