रास्वपा कानुनी राजको विरुद्ध उभियो

अन्ततः रवि लामिछानेमाथि सहकारी ठगी मुद्रामा कारबाही सुरु भएको छ । ग्यालेक्सी टेलिभिजनमा विभिन्न सहकारीको झन्डै एक अबै रुपैयाँ डुबाएपछि सहकारी पीडितले लामो समयदेखि रवि र जीवी समेतलाई कारबाहीको माग गर्दै आएका थिए । तर , सत्ताको बलमा लामिछानेले कारबाही प्रक्रियालाई रोकाउँदै आएका थिए ।

कसरी सुरु भयो कारबाही ?

नेपाली काँग्रेसले झन्डै पाँच महिनासम्म चर्को दबाब दिएपछि गठन भएको संसदीय छानबिन समितिले भदौको अन्तिममा प्रतिवेदन र कारबाहीको सिफारिस दिएपछि कारबाही प्रक्रिया सुरु भयो । गोर्खा मिडिया नेटवर्क नामको संस्थामा लगाइएको रकमकै कारण देश भरिका झण्डैँ आधा दर्जन सहकारी डुबेका थिए । ती सहकारीमा यो अमेरिकामा समेत ठगीको धन्धा चलाएर आएका लामिछाने साम, दाम, दण्ड भेदको उपायबाट कारबाहीलाई रोकिराख्न सफल बनेका थिए । पहिलो पटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र पासपोर्टको काण्डलाई रोक्न नसके पनि सहकारी पीडितको आवाज दबाउन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेका थिए । नागरिकताकै कारण उनको पहिलो पटक सांसद पद गएको थियो । नेपाली नागरिकता पुनः प्राप्त गरेपछि दोस्रो पटक चुनाव जितेर आएपछि फेरि उनको ध्यान गृहमन्त्री बन्नेतिरै रहो । तर विभिन्न कारणले त्यो सफल भने हुन सकेन । काँग्रेससँगको सहयात्रालाई तोडेर माओवादीले एमालेसँग मिलेर गत फागुनमा सरकार गठन गर्दा लामिछाने गृहमन्त्री भए । गृहमन्त्री भएपछि २०८० माघमा उनीमाथि लागेको सहकारी ठगीको मुद्राका साँचीलाई धम्क्याउने, प्रमाण नष्ट गर्ने र प्रहरी लाई भनेर उनी विरुद्ध उजुरी नै नपरेको बयान दिन लगाएका थिए । त्यही बेला उनले महान्यायाधिवक्ता कार्यालयबाट उनका विरुद्ध कुनै मुद्दा नपरेको पत्र लेखाएका थिए । तर एमालेले माओवादीको साथ छाडेर काङ्ग्रेससँग मिलेर नयाँ सरकार गठन गरेपछि लामिछानेको दल पनि सत्ताबाट बाहिर पुग्यो । त्यसपछि उनको प्रभाव गृह प्रशासन रहेन । त्यसपछि उनीबिरुद्ध कारबाहीको सम्भावना बढेर गएको थियो । त्यसै वेला संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो । प्रतिवेदनमा पनि माओवादी केन्द्र र रास्वपाका प्रतिनिधिले भरपुर बार्गेनिङ गरे । यथार्थ विवरण दिने हो भने आफूहरूले ’नोट अप डिसन्टे’ लेख्ने धम्की दिए । त्यसैले सिफारिसमा भने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीवी राई, रवि लामिछाने , छविलाल जोशी र कुमार रम्तेलमाथि प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने स्पष्ट उल्लेख ग¥यो । त्यहीबाट कारबाही प्रक्रिया सुरु भयो ।

प्रतिवेदनलाई मुक्त कण्ठले प्रशंसाः

कारबाहीको सिफारिस भएको संसदीय छानबिन समितिको प्रतिवेदनलाई रवि लामिछाने र उनको पार्टीले मुक्त कण्ठले प्रशंसा गरे । प्रतिवेदनले लामिछानेले ‘क्लिन चिट’ पाएको लामिछाने निर्दोष रहेको डँका पिटायो । लामिछानेले पत्रकार सम्मेलनै गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरे । र, आफूले समितिबाट ’क्लिन चिट’ पाएको दाबी गरे । जबकि त्यो समितिमा लामिछानेकै कार्यकर्ता शिशिर खनाल समेत सदस्य थिए । प्रतिवेदनमा उनको पनि हस्ताक्षर छ । जब सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो र छविलाल जोशीलाई गिरफ्तार ग¥यो, त्यसपछि लामिछाने एकाएक अत्तालिए । उनले कार्यकर्तासँग गुहार माग्दै आफूलाई पक्रन लागेको भन्दै बचाउन अनुरोध गरे । त्यही बेलादेखि भीडको सहारामा कुकर्म छोपिन्छ भन्नेमा उनलाई विश्वास भयो । फसाउन खोजेको फत्तुर लामिछानेले जोशीको पक्राउपछि नै आफू लाई पनि राजनीतिक प्रतिशोधमा फसाउन लागेको दाबी गरिरहे । सुरुमा त्यस्तो भए पनि अदालतले पक्राउ पुजी जारी गरे मान्ने , कानुनी प्रक्रियामा सघाउने कुरा गरे । जब कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी ग¥यो, त्यसपछि उनलाई पक्रन प्रहरी कार्यालय पुगेपछि उनले फेसबुक लाइभमा सबै कार्यकर्ता र शुभचिन्तकलाई प्रतिकार गर्न उर्दी जारी गरे । उनले बारम्बार राजनीतिक प्रतिशोध भनिरहेका छन् । तर सरकारले उनीसँग राजनीतिक प्रतिशोध लिनुपर्ने कारण चाहिँ के हो त्यो बत्ताएका छैनन् । तिलो क्रान्ति र राजनीतिक प्रतिशोधका नारा लगाउनेहरूले पनि यी कुरा केही बुझेका छैनन् ।

पोखरामा शून्य प्रभावः

लामिछानेको पार्टीको पोखरामा जनसहभागिता शून्य देखियो । सुरुमा गरेको प्रदर्शनमा नगण्य सहभागिता देखेपछि रातारात देशभरिका कार्यकर्तालाई पोखरा डाकियो । अनिवार्य उपस्थितिको सूचना दिइयो । त्यसपछि पन्ध्र सय दुई हजार कार्यकर्ता एकै ठाउँमा जम्मा भएपछि लामिछाने मण्डलीको मनोबल उठ्यो । तब सहकारी पीडितमाथि आक्रमण गर्ने, निषेधित क्षेत्र तोड्ने, सार्वजनिक यातायातमा अवरोध खडा गर्ने काम गर्न सुरु ग¥यो । यही मेसोमा उनीहरूका एक जना आफ्नै कार्यकर्ताले पनि नराम्रो सँग पिटाई खाए ।

कानुन हातमा लिने प्रयासः

सरकारप्रति असन्तुष्ट रहेको जमातको समर्थन रहँदै आएका रास्वपाले सधैँ दोहोरो चरित्र देखाउने, जनतालाई भ्रमित तुल्याउने, नेताहरूप्रति असभ्य, तुच्छ गालीगलौज गर्ने धन्धा चलाउँदै आएको थियो । त्यसमा आफूलाई बौद्धिक दाबी गर्ने र राजाको पक्षमा तर्क गर्ने एउटा अवसरवादी जमात पनि सामेल थियो । तर प्रचलित कानुन र न्याय व्यवस्थाकै खिलाफमा खुलेआम उत्रिएपछि भने अहिले त्यो तप्काले पनि मुख खोलेको छैन । अर्को झुन्ड त्यसमा डा. भीम रावल डा. सुरेन्द्र भण्डारी, आदि छन् ती पनि विरोध मै देखिए । युट्वेको जमातले परिस्थितिलाई भड्काउने प्रयास गरे पनि कानुन, नियम र अदालतको विरुद्ध भएको विद्रोहमा खुलेआम साथ दिन तिनलाई पनि कठिन भएको छ । कानुनी प्रक्रियामा सघाउने दाबी गर्ने लामिछानेको यो चरित्रले उनको भविष्य कस्तो छ भनेर इङ्गित गरिदिएको छ ।

दोहोरो पासपोर्ट पनि जोडिदैः

सहकारी ठगी र सङ्गठित अपराधको अभियोजन पछि अब उनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो स्वार्थको लागि महान्यायाधिवक्ता मुद्दा नचल्ने भनेर रोकाएको दोहोरो पासपोर्टको मुद्दा पनि अघि बढ्ने भएको छ । लामिछानेमाथि अमेरिकी नागरिक भए पनि नेपालमा गैर कानुनी रूपले काम गरेको आरोपमा पहिले मुद्दा परेको हो । त्यसपछि सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा, उनका निजी चालकको हत्या अभियोग पनि लाग्नु पर्ने हो तर त्यो त्यतिकै डिसमिस भयो । अहिले सहकारीको रकम अपचलन र राजश्व ठगी, किर्ते समेत सङ्गठित अपराधको मुद्रामा उनी अदालतमा छन् । यसमा फस्छु भन्ने उनलाई पुरापुर थाहा थियो । त्यसैले पक्राउ पर्नु अघि उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ओली नेतृत्वको सरकार गिराएर देउवाकै सरकार बनाउन आफूले सघाउने गरी जुनसुकै कागजमा पनि सही गर्ने भनी भेट्न प्रयास गरे । त्यसमा असफल भएपछि प्र म ओलीलाई पनि भेट्न खोजेका थिए । तर त्यसमा पनि सफल भएनन् । अहिले उनको सिङ्गो केन्द्रीय समिति र सबै कार्यकर्ता पोखरा पुगेर अदालती कारबाहीलाई प्रभावित गर्ने कोसिस गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *