आस्था र विश्वासको दोहन नहोस धर्म,तीर्थ यात्राका नाममा
“अन्याय या मूर्खताको मूक दर्शक कहिले नबन्नु होस् । मौन बस्नको लागि त चिहानमा धेरै समय पाईन्छ”(क्रिस्टोफर हिचेन्स,बेलायतमा जन्मनु भएका अमेरिकी लेखक, पत्रकार र साहित्यिक आलोचक,धर्मको बीकृतिको आलोचक) । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलिको खुर्कोट घुर्मि खण्डमा पर्नेे साविक बाशेश्वर गाविस हाल गोलाञ्जोर गापा सुनकोशीको तिरमा स्थित नेवार समुदायको बाक्लो उपस्थित रहेको बलेनीमा ठूली एकादशीको दिन महादेव मन्दिरमा ठूलो मेला लाग्दथ्यो । वि.सं.२०२६ सालतिरको कुरा हो,म यस्तै ८ बर्षको थिएँ । बुवाले मेला हेर्न लिएर जानु भयो । चौरिमा बोक्रा छोडाएका सुन्तला झुण्डाइएका हुन्थे र पछाडी हात बाँधीएका खेलाडीले दौडेर मुखले झुण्डाईएको सुन्तला थुतेर ल्याउनु पथ्र्यो,पहिले पुगेर थुतेपछि मैले पनि थपडी बजाएको सम्झना छ । मेलामा ओखलढुङ्गा–रामेछाप–उदयपुर सम्मका धनिमानी सहितका मानिसहरु आउँथे । एक जना धेरै खेतीपाती भएका साहुको घोडाले घरबाट मेला हेर्न जाने बेलामा कराएर मानेको थिएन । साहुले जर्वजस्ती ल्याएका थिए । तर,मेलामा जुवा हारेर ती साहु सुनकोशीमा बगेर मृत्युभएपछि घोडा रोएको थियो,घोडाले अनिष्टको सङ्केत दिँदापनि किन जर्वजस्ती आएका होलान जस्ता हल्ला कुराहरु मेला सकिएपछि हाम्रो गाऊँमा सुनियो । भारतीय श्रष्टा आनन्द बक्षीले लेख्नु भएका–“सावनका महिना,पवन करे सोर । जियरा रे झूमे ऐसे,जैसे बनमा नाचे मोर(ई.सं.२०६७) । चल चल चल मेरे साथी ओ मेरे हाथी चल ले चल खटारा खीँच के(ई.सं.१९७१)” गीतहरु सर्वप्रथम वीपी राजमार्गमा पर्ने खाल्टेको सोली थुम्का जाँदा साइलो दाजु नवराज बराल र डाँडाघरे दाजु श्याम बरालले बाटोमा गाउँदा सुनेको थिएँ । दुवै जना विराटनगरबाट पहाडमा छुट्टिमा गएको वेला खाल्टेको उक्त थुम्काको पाखाको बिचमा रहेको प्रसिद्ध गणेशको मूर्ति खाशगरी जाडो महिनाको गणेश चौथीमा दर्शन गर्न लाग्ने मेलामा उहाँहरु सँग गएको पनि सम्झना छ । त्यसपछि सावनका महिना भन्ने गीत कलकत्ताबाट फर्किएका गाउँका उमेर धेरै परक परेपनि नाताले भतिज पर्ने तारा बरालले मजाले गाएको सुनेको थिए । कलकत्ता बसेर आएकाले भतिज कहिँ हिड्दा वा गफ गर्दा राश्ता,लेकिन,आस्ते आस्ते भन्ने शब्दहरु दोहा¥याएर बोल्नु हुन्थयो र हामी केटाकेटीले पनि सिकेका थियौँ । वीपी राजमार्गमा पर्ने सुनकोशी र तामाकोशीको सङ्गम स्थलमा बाला चतुर्थीको अवशरमा बेनी मेला लाग्दथ्यो । रामेछाप तर्फको मन्दिरमा दर्शन गर्न सुनकोशी तर्दा डुङ्गा घोप्टीएर केही दर्शनार्थी बगेको कुरा आमाले सुनाउनु भएको थियो । मैले नदीको सङ्गम स्थलमा पानी भित्र महादेवको लिङ्गजस्तो खडा भएको ढुङ्गा देखेको सम्झना छ,हाल बाढीले बगाएको होला । दुम्जा साँदीका कोइराला मावली भएकाले सिन्धुलीमाढीमा पनि घरव्यवहार भएपनि दुवै तर्फ व्यवहार भएकाले आमाले दुम्जा पनि जाने मेलामा दर्शन पनि गर्ने भनेर मलाई पनि लानु हुँदा रिट्ठा र गगतले पहरा फोडेर मुस्किलले हिडन मिल्ने बाटो बनाईकाले रिट्ठे गगते भनेर कहलाइएको हालको वीपी राजमार्गको ऐना झुण्डाएको स्थलमुनिबाट हिडेको सम्झना छ । कति भरियाहरु सन्तुलन नमिल्दा भारी डोकोको तक्मा भित्तामा ठोकिएर सोझै तल बगिरहेको सुनकोशीको घुमाउनेमा परेर परलोक जानु परेको कुरा पनि आमासँग मावली लगेको कोशेलीको भारि वोकेर हिडेकी हाम्रो पुख्र्यौली खेत वारी जोत्ने सहयोगीले व्यवस्था गरिदिएका महिला सहयोगीले बाटोमा सुनाए पनि त्यस्तो डरलाग्दो बाटोमा ७ बर्षको उमेरमा पनि मावल जाने खुशीमा आफुलाई केही जस्तो नलागेको महसुश भएको पनि सम्झना छ । उमेर जति भएपनि कुनै कुनै मनमा डर लाग्ने र दुखद घटनाहरुको स्मरण हुँदो रहेछ । सिन्धुली माढीमा बुद्ध टोलमा गडौली खोला मिसिएपछि ग्वाङ्गखोलाको सङ्गम माईस्थान भनेर परिचित कमला माई मन्दिरनेर अर्को कमला खोलासँग हुन्छ र त्यसपछि कमलानदीको नामले भारतसम्म चिनिन्छ । माईथानमा हरेक बर्ष माघ १ गते मेला लाग्थ्यो,पाठीको वली दिईन्थ्यो । मेलामा म पनि बुबासँग गएके थिएँ । जनकपुर,रौतहट,विरगञ्ज लगायत भारतदेखिका तिर्थयात्रीहरु आउथे । अहिलेको सडकको भन्दा पारपटी मन्दिरभएको स्थानतर्फबाट जिप चल्ने बाटो थियो । माईथान भनेपछि पुष मशान्तको दिन राती ३ बजे नै उठेर खन्ने खर्क–सोला भञ्ज्याङ्ग–चीयाबारी–सिन्धुली माढी सदरमुकाम हुँदै बेलुका साँझमा ग्वाङ्ग खोलाको २२ जँगार तरेर माईथान पुगिन्थ्यो,राती जागाराम र भोलिपल्ट माघ १ गते मन्दिरको दर्शन र वली दिएको पाठी बोकेर गाउँ फर्किएको सम्झना छ । धनुषामा बस्दा कमला माईको गोदार कटारीतिर अर्को त्रिवेणी मेला लाग्नो गरेको भन्ने सुनेको थिएँ र झापामा बस्दा कन्काईको मेला माघ १ गतेमा लाग्छ भन्ने सुनेको थिएँ । पनौतिको कुम्भमेलामा पनि गएर स्नान गरेको सम्झना छ । हिन्दू मान्यता अनुसार,ब्रह्माले सृष्टि कार्य पूर्ण भएपछि प्रथम प्रकृष्ट यज्ञ गरेका थिए भनेर धर्मालम्बीहरु द्वारा विश्वास गरिने उत्तर भारतको उत्तर प्रदेशको पूर्वी भागमा स्थित प्राचीन नाम प्रयाग–प्रयागराज( ब्रह्माले नै तीर्थराज भनेर नामाकरण गर्नु भएकाले ‘तीर्थराज प्रयाग’ पनि भनिन्छ, पहिले नै चन्द्रवंशी राजा पुरुरवाद्वारा आफ्नी आमा इला को लागि एउटा अश्रम यो सङ्गम क्षेत्रमा बनाउने कुरा गर्नु भएकाले यसको एउटा नाम ‘इलावास’ थियो र पछि मुगल साम्राट अकबरले इलाहाबाद नाम परिवर्तन गरेको भनिन्छ –भाजपा सरकारले प्रयागराजमा फेरि परिवर्तन गरेको) को गङ्गा,यमुना र सरस्वती(गुप्त–अदृश्य या पौराणिक) को त्रिवेणी सङ्गम स्थलमा हरेक साल माघमा मेला लाग्छ र १२ वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गर्छ । देश विदेश गरी अहिले सम्म करिव ६० करोडले महाकुम्भ स्नान गरिसकेका छन् । “जब ११ पूर्ण कुम्भ हुन्छं तब १२ औँ पूर्ण कुम्भलाई महाकुम्भ भनिन्छ । यस पटकको १३ जनवरीबाट शुरु भएर महाशिवरात्रि फाल्गुण १४ वि.सं.२०८१–२६ फरवरी ई.सं.२०२५ मा समाप्त हुने महाकुम्भ १४४ वर्षपछि आएकाले यो सालको महाकुम्भको विशेष महत्व छ । धार्मिक मान्यता अनुशार महाकुम्भमा साधु–सन्त,अखडाहरुको महन्त र सन्त समुदायले आफ्नो समुदायको धार्मिक परम्परा अनुशार सङ्गठीत भएर सावुन,शैम्पु प्रयोग नगरीकन ५ पटक चाहिँ अनिवार्य डुवुल्की लाउनुपर्ने र गृहस्थीहरुले नागा साधुहरु पछिमात्र पवित्र नदीहरुमा स्नान गर्नुपर्ने राजसी स्नान–शाही स्नान नाम दिईएको स्नानको बिशेष महत्व छ । यस्तो स्नानबाट पुण्य व्यक्तिलाई लामो समयसम्म लाभ प्रदान हुन्छ–जन्म जन्मान्तरको पापहरु पखालिन्छ र मोक्षको ढोका खुल्छ । वैज्ञानिकहरुको अनुशार,त्रिवेणी सङ्गगममा पवित्र जल कैयौँ जैविक र औषधीय गुणहरुबाट भरिपूर्ण हुने भएकाले यसमा मौजूद खनिज पदार्थले शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ । रिपोर्ट अनुसार प्रयागराजमा स्नान गर्दा व्यक्तिका दोष पापबाट मुक्ति हुने र कतीपय रोग समेत निको हुन सहयोग पुग्ने र पित्रिहरुको आत्मालाई पनि शान्ति मिल्ने भनेर विश्वास गरिएको छ”(एबीपी लाइभ,२०२५ । महाकुम्भ मेँ शाही स्नान क्या होता है,सङ्गम मेँ नहाने के भी क्या कोई विशेष नियम होते हैँ ? २३ फरवरी ई.सं.२०२५) । यो सालको महाकुम्भ विवाद रहित हुन सकेन । स्नान गर्ने स्थलको पानी प्रदुषित भएको भनेर ‘सेन्ट्रल पलुशन कन्ट्रोल बोर्ड’ले प्रकाश श्रीवास्तवको अध्यक्षतामा न्यायधीस सुधिर अग्रवाल,विज्ञ ए सेन्थीलले सुनुवाई गरिरहेको ‘नेशनल ग्रीन ट्रिवुनल’लाई रिपोर्ट बुझाएको भनेर द हिन्दुको अंग्रेजी संस्करण लगायत अरु पत्रिकाहरुमा पनि समाचार आएका थिए । तर पद्धमश्री वैज्ञानिक डा.अजय कुमार सोनकरले आफुले पाँच घाटको नमुना सङ्कलन गरेर नैनितालस्थित प्रयोशालामा परिक्षण हानीकारक वैक्टीरियालाई नष्ट गर्ने गर्दा गङ्गाको पानीमा ११०० प्रकारका वैक्टीरियोफेज पाएकोले अल्काइन पानी जति कै गङ्गाजल शुद्ध भएको दावि गर्नु भएको अमर उजाला व्यूरोको समाचार अमर उजाला दैनिकमा प्रकाशित भएको भनेर सोसल मेडीयामा पधिकाको समाचार कटिङ्ग प्रशारित भएको थियो । प्रकृति सुन्दर हुन्छ र झन सुन्दर हुन्छन प्रकृतिका सिर्जनाहरु । नदी मिलेको वरिपरि पहाड भएको स्थलमा अवलोकन गर्दा मन प्रशन्न हुन्छ र सकारात्मक उर्जा प्राप्त हुन्छ भन्ने गरिन्छ । मानिसलाई १२ महिना फुर्सद नै कहाँ हुन्छ र ? वर्षादको ऋतु त त्यसैपनि त्रासदीपूर्ण हुन्छ त्यसैले फुर्सदिला समय पारेर ऋषि मुनिहरुले जाडोको मौसममा सवैजना जम्मा हुने आपसमा विचारहरु आदान प्रदान हुने,सवै समुह हुलमा यात्रा गर्दा बाटोमा चोर लुटेरा र हिंसक जनावरबाट समेत सुरक्षा हुने,राज्यलाई पनि वर्षमा एक पटक विशेष सुरक्षाको व्यवस्थापन गर्दा पुग्ने आदि समेत कुरालाई ध्यानमा राखेर धार्मिक मेला उत्सवको आयोजना बर्षमा एक पटक गरेका हुन सक्छन । त्यसैले यस्ता पवित्र आयोजनाले तिर्थयात्राको नाममा धार्मिक पर्यटनको पनि प्रवद्र्धन गरेको हुन्छ । व्यवस्थापन गर्दा कम खर्चगरेर अकूत नाफा कमाउने कर्मकाण्डी प्रचारका कार्यनीति पनि तय गरिएको हुन्छ जसको कारण राज्यले आस्था र विश्वासको दोहन गर्छ र श्रद्धालुहरुले पनि अन्धविश्वास र आस्थामा अन्तर गर्न विर्सन्छन् । वेद रटनु पर्दैन,वेदबाट उत्पन्न आत्मज्ञान हाम्रा सामान्य व्यवहारमा प्रतिविम्ब हुन्छन–कल्याणकारी ,विवेकपूर्ण र प्रकृतिको सिर्जनाप्रतिको प्रेमबाट नै । “संसारहृत्क श्रुतिजात्मबोध ःसंसारलाई हरण गर्नेवाला को हो ? वेदवाट उत्पन्न आत्मज्ञान । को मोक्षहेतु?ः कथितः स एव मोक्षको कारण के हुन्छ भनिएको छ ? उही आत्मज्ञान नै मोक्षको कारण हो”(श्री स्वामीशङ्कराचार्य । प्रश्नोत्तरी । गीताप्रेस,गोरखपुर,भारत । नेपाली प्रथम संस्करण वि.स.२०७६ । पृष्ठ ६–७) । हाम्रा पुर्खाहरु समेत काशी सहित चारघामको यात्रा गर्थे । तिर्थ यात्राको शुरुवात कहिले भयो एकिन गर्न नसकिएला तर,रामले पञ्चवटी र रामेश्वरम सहित नेपालको रामधुनी मा १४ बर्ष तथा लक्ष्मणले हरिद्वार वरिपरि गरेकाले लक्ष्मण झुलाको त्यहा निर्माण गरिएको छ । पाण्डवले पनि गुप्त यात्रा गरेका थिए । आदि शङ्कराचार्य,स्वामी विवेका नन्द,रामतिर्थ स्वामी दयानन्द,योगानन्द,नेमुनि,आदिले नेपाल भारतको यात्रा गरेका थिए । भगवत् प्राप्ति हुने साधन हो भनेर विश्वास गरिने भएकाले पहिले अनेक कष्ट गरेर भएपनि तिर्थयात्रा गरिने गरिन्थ्यो । शुद्ध आचरण,अन्तकरण शुद्ध,अन्तर्मुखी हुने हुँदा आत्मज्ञान पनि प्राप्त हुने, दान,दर्शन,सदभाव,सहकारिता,सवै पैदल तिर्थयात्रामा हुन्थ्यो । “पायी तीर्थयात्रा घडो,देह सन्त द्वारी पडो । पैदल तीर्थ गर्नुहोस्,देहलाई सन्तहरुको चरणमा पु¥याउनु होस्” भनेर भारतका सन्त तुकारामले भनेपनि अव यातायातको सुविधा भएको छ । तीर्थयात्राको नाममा व्यवसायीक गैर धार्मिक पर्यटन प्रवद्र्धन हुन थालेको छ । केवुलकारले गर्दा यात्रा सहज भएपनि सांसरिक वासनाहरु प्रष्ट देखिन थालेको छ । मादक पदार्थको प्रयोग सहित मनोनोरञ्जन हुन थालेको छ तीर्थयात्रा । मन्दिर वरिपरिका रिसोर्ट होटलमा सबैथोक पाइन थालेको छ । यस्ता धार्मिक तामझामका इभेन्टले श्रद्धालुको आस्था र विश्वासको शोषण–दोहन गरेको हुन्छ । अन्धविश्वास र आस्था फरक कुरा हुन भनेर राज्यले अलग गर्दैन धार्मिक लाभको व्यापारमा बुद्धि हिन नेत्र हिन भएर । संस्कृत काव्य ‘हितोपदेशः’ मा भनिएको छ–“यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् । लोचनभ्यां विहीनस्य दर्पणं किं करिष्यति ?जो सँग स्वयं बुद्धि छैन उसको लागि शास्त्र विचरा के गनै सक्छ र ?” तीर्थयात्रा र पर्यटनमा फरक छ । तीर्थयात्रामा के गर्ने र के नगर्ने भन्दै धार्मिक गुरुहरुले मार्गदर्शन पनि गर्नु भएको पाइन्छ –“(क) के गर्ने ?–(१) श्रद्धा भक्तिले युक्त तीर्थ यात्रा (२) श्रद्धापूर्वक देवदर्हन,प्रकृतिदर्शन,भगवन्नाम–चिन्तन (३) गङ्गा अर्थात पवित्र नदीहरुको स्नान,सत्सङ्ग,कथा श्रवण,पूजा–पाठ,जप–ध्यान,भजन कीर्तन,दान दक्षिणा,सेवा– सहयोग,परोपकार (४) विनम्र व्यवहार,अनुशासन, सदाचरण,सात्विक आहार,शालीन पहिरन । (ख) के नगर्ने ?–(१) श्रद्धा भक्तिबाट हिन पर्यटन (२) संसारिक विषयबाट मनोरञ्जन,विषय–चिन्तन,कुविचार (३) जथाभावि,मनमानी उच्छृङ्खल आचरण,मोज मस्ती,अहङ्कार प्रदर्शन,स्वार्थ,छल कपट(४) कुवचन,अपशब्द,अरुको निन्दा,अनुशासनहीनता, दुराचरण,कुदृष्टि,चटपटे स्वादिलो खाना,अभक्ष्य–भक्षण,मादक पदार्थको सेवन,धुम्रपान,शरीरका संवेदनशील अङ्ग बाहिरवाट देखिने–अमर्यादित पहिरन”(श्रीकेशवानन्दजी,२०२५ । पर्यटन तीर्थयात्रा नहीँ । कल्याण पत्रिका । गीता प्रेस,गोरखपुर,भारत । सौर माघ वि.सं.२०८१ । वर्ष ९९ संख्या १ पूण संख्या ११७८ । पृष्ठ १२८–१२९) । राजनीतसँग धार्मिक संस्कारले ले साँठगाँठ गर्छ ,सुनको जलपमा पनि लाभ खोज्दै नाफामूलक अपारदर्शी करोडौँका कोटीहोमका तथा अरवौँका मेलाको तामझाम गर्छ ,धार्मिक उत्सवको नाममा आँखा छोपेर हेर्नुपर्ने नर्तकीलाई मञ्चमा नचाएर, नदी पोखरीमा मूर्ति विसर्जनको नाममा डिजेमा डान्स गराएर–आपसमा झगडा गराएर,महादेवलाई बदनाम गर्न धतुरो,भाङ्ग,गाँजा खाएको प्रतिक बनाएर,पर्वको राजा महाशिवरात्री पर्वमा सर्वश्रेष्ठ देव परमात्मा शिवको नाममा तथा पतिदेवको दिर्घायूको नाममा महिनौँ वाइन र रमका बोतल खोलिन्छ भनेँ र देशको विविधतापूर्ण अवस्थाका तर एकतामा बाँधिएका जनता तथा समाजलाई विभाजन गर्न खोज्छ भने त्यो धर्म हैन न त्यो त त्यो धर्मको नाममा गरिने तुच्छ राजनीति नै हुन्छ ,पाखण्डीपन हुन्छ । विलियम शेक्शपियर भन्नु हुन्छ–“कति अदभूत सृष्टि हो इश्वरको मान्छे ! कति आदर्श तर्क,कति देवदुत जस्ता कुरा,कस्तो भगवान जस्तो,संसार कै सुन्दर सिर्जना जीवहरुमा सर्वश्रेष्ठ…..।” हालै भारतीय पत्रकार तथा लेखक एवं ‘राहुल गान्धीःसाम्प्रदायिकता,दुष्प्रचार,तानाशाही से एतिहासिक सङ्घर्ष,‘जीवन सम्वाद’पुस्तकका लेखक दयाशङ्कर मिश्रको भनाई भनेर सामाजिक सञ्जालमा उहाँको तस्वीर सहित यस्तो भनाई प्रशारित– विस्तारित भएको थियो–“हिन्दूराष्ट्रको झिल्कोले नेताहरुको घरलाई आगोले जलाउँदैन किनकी उनीहरुका छोराछोरी त अमेरिकाको नागरिकता लिन्छन् र तपाईँका छोराछोरी चाहिँ हिन्दू धर्मको ‘हेरचाह’ गर्ने बाचा गर्छन । छोराछोरीलाई व्यवस्था गरिसकेपछि नेताहरुले टेलिभिजनमा तपाईँको रगत उमाल्छन र तपाईँका छोराछोरी आर्यन मिश्रा जस्तै मारिन्छन्”( भारतको हरियाणा फरीदाबादमा गाईरक्षक भन्ने केही व्यक्तिहरुले गाईको तस्करी गरेका सङ्का लागेर १२ कक्षामा पढदै गरेका आर्यन मिश्रालाईे गोली हानेर हत्या गरेका थिए–नवभारत टाइम्सका लागि सुजित उपाध्याय,०३ सेप्टेम्बर ई.सं.२०२४,भारत) । मसँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतीय साहित्य लेखक,दैनिक भाष्कर पत्रिकासँग सम्बद्ध वरिष्ट पत्रकार राकेश अचलले १५ फरवरी ई.सं.२०२५ का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा धर्म का धन्धा सबसे चोखा धन्धा शीर्षक दिएर–“उत्तर प्रदेशको प्रयागराजमा राज्य सरकारले १२ जनवरी ई.सं.२०२५ बाट शुरु गरेर भारु १५ हजार करोड लगानीमा आयोजना गरेको एक महिनामा भागदौडमा ३० जनाको मृत्यु भएपनि,यतिबेला उत्तर प्रदेशका जनताको टाउकोमा प्रतिव्यक्ति ३१ हजार रूपैयाँको ऋणको भार भएपनि ५० करोड मानिसले कुम्भमा डुबुल्की मारेर ३ लाख करोड रूपैयाँ आम्दानी गरेर देखाईदिएको छ । स्वयं मुख्यमन्त्री योगी आदित्यनाथले यो रहस्योद्घाटन एउटा सरकारी समारोहमा गर्नु भएको थियो । सदियौँदेखि कुम्भको आयोजना भएता पनि प्रदेशमा सरकारले पहिलोपटक धर्मको माध्यमबाट खजाना भर्ने व्यवस्थाको प्रयोग गर्दै इभेन्ट बनाएर आय आर्जन गरेको छ” भन्ने विचार साझा गर्नु भएको थियो । एउटा पोष्टर कुम्भ मेला,आयोजनाको व्यवस्था,मृतकको बारेमा सोसल मेडीया,मेडीया,राजनीतिक धार्मीक बहश आदिमा उठेका सवाललाई लिएर एउटा पोष्टरको चर्चा भयो । त्यसवारे मसँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतका साहित्य लेखक नीलोत्पल(उज्जैन) ले १८ फरवरी ई.संं.२०२५मा सोसल डिजिटल मेडिया जनविचार संवादको भित्ता मार्फत साम्प्रदायिकता शीर्षक दिएर पोष्टर सहित यस्तो विचार साझा गर्नु भएको थियो–“अहिलेको समय सवभन्दा बढी संवेदनामाथी प्रहार भएको छ । कोही मरुन या बाँचुन केही फरक पर्नेवाला छैन । भनिरहनु आवश्यक छैन कि यहाँ एउटा पोष्टर छ कुनै आईटी सेलले पठाएको । पहिले नागरिक बनौँ अनिपछि कुनै दलसँग जोडिनु ।

पोस्टरमा ‘गिद्धले सिर्फ लाश मात्र देख्दछ ’ यो सत्य हो तर,मानिसले त साथी आमा बुवा,भाई बहिनी,नाता गोता,मानव देख्दछ । के कशैले आफ्नो दुख यो शोकपनि प्रकट नगरुन भन्ने चाहन्छन र ? यसलाई मानव पत्थर भएको मानिन्छ । सञ्चारकर्मीले सत्य देखाउदैनन् भने तपाईले जस्तै धर्मांधताको ओढने ओढेर चुपचाप लाशलाई देखेर हिडनु त (हुन त धेरै जसो मेडीया समुहले ओढने ओढेका छन्) ? सुँगुरले सिर्फ फोहर मात्र देख्दैन बरु त्यो फोहर पनि सफा गर्छ । नास्तिकहरु सिर्फ अन्धविश्वास मात्र देख्दैनन् बरु मानिस दुख कष्ट पाएका छन् भनेर पनि देख्दछन् । यसैले त पाखण्ड र सहि धर्ममा अन्तर हुन्छ । सत्कर्मले धर्म फस्टाउँछ पाखण्डले हैन । ईसाई र मुसलमानसँग तपाईको घृणा सबलाई थाहा छ । कतिपय मुस्लिमहरुले यो कुम्भको अव्यवस्थामा पनि आफ्ना मस्जिद घर श्रद्धालुको लागि खोलिदिएका थिए,खाना सुत्ने व्यवस्थापनि गरिदिएका थिए भन्ने मानवीयताको कुरा घृणाको कारणले तपाईले नदेखेको पनि त हुन सक्छ । जसलाई घृणित राजनीतिले रोकेको थियो त्यही नै तपाईको मद्धत गर्न अगाडि सरे । तपाईले यो विचारधारा मन नपराएपनि वामपन्थी भनेको एउटा चेतनाको नाम हो,जहाँ–जहाँ अन्याय,शोषण और पाखण्ड हुन्छ तपाईको चेतना स्वतः नै एउटा वामपन्थी जस्तै सोच्न थाल्छ । तपाई जुनसुकै दलको विचारधारा मान्न स्वतन्त्र हुनुहुन्छ । तर यति त ध्यान दिनु कि पहिले तपाई मानव हुनुहुन्छ” श्रद्धालु हौँ भन्ने भारतीयहरुले फोटो ह्वाट्सएपबाट पठाएर डिजिटल कुम्भ स्नान गरेके समाचार पनि पढियो । अर्थात केवलकारबाट तीर्थयात्रा हैन पर्यटन यात्रा हुन जान सक्ने र डिजीटल स्नानबाट मन बुझाउने कर्मकाण्डी कर्म मात्र हुन सक्ने हुन्छ । नत्र मन पवित्र भए भगवान त जहाँसुकै पाइनु हुन्छ । भारतका सामाजिक सुधारक सन्त कवि रहिदास भन्नु हुन्छ–“मन चङ्गा तो कठौति मे गङ्गा” । तीर्थयात्रा गरिन्छ भने सदाचरणमा पवित्र धार्मिक पर्यटन यात्रा बनाउनु होस् नकी हा हु जाँड पानी फायर वियरको यात्रा । यो पक्तिकार भारतको वैधनाथ धाम जाद्या सावनको महिना सुल्तानगञ्जबाट पैदल हिँडेर पुगेको थियो जवकी कार जीप बसहरु मज्जाले चल्ने गर्थे । अहिलेपनि धेरै समय लगाएर तिर्थस्थल सवारी साधनबाट पुगेर अनि यसो एकछिन केवुलकार चढेर हामी नेपालीहरु केवुलकारमा रमाएर टिकटक आदि मनोरञ्जनको नाममा धार्मिक तीर्थयात्रा हैन पर्यटन यात्रा गर्दछौ । मध्यम बर्गको गलत व्यवहार,आडम्बर,देखावटीले गर्दा धर्म संस्कार अजिङ्गर बन्दैछन् । हामी मानिसले नै धर्मलाई ‘मादक पदार्थ’ बनाएको जस्तो लाग्छ । माक्र्शले धर्मलाई त्यसै अफिम भन्नु भएको रहेनछ भन्ने महसुश हुन थालेको छ । उहाँलाई धारेहात पनि कतिले लगाए होलान तर जे होस अहिले धर्म संकारको नाममा विषादीपूर्ण व्यवहार देखिन थालेको छ । धर्म लोक कल्याणको माध्यम हो । धर्म प्रगतिशिल हुन्छ । यशले मानिसको चेतनालाई बनाउँदैन । अहिले धर्म राजनीतिमा प्रवेश गरेर सत्ता पाउन सत्ताधारीको चाकरीमा लिप्त रहेको देखिन्छ । मानवमा संवेदना,भावना,मावता,दया,विनम्रता हराउदै गएको सन्दर्भमा कुम्भमा नुहाएका पूर्वमन्त्रीहरु कमल तथा गगनथापाका छविचित्रहरु सामाजिक सञ्जालमा बहश र टिप्पणीका मशला भएका थिए । देवघाट,चतरा वा चन्दननाथ जान उहाँहरु नसकेपनि मोहन चन्द्र वा ढुण्डीराज शास्त्री,जगन्नाथ आचार्यकहाँ जानु भएको थियो त ? शेक्सपियर आफ्नो नाटक ‘किङ्ग लियर’(४.१.२९–२७)मा ग्लोयुसेस्टर मार्फत भन्नु हुन्छ–“हिजो राति आँधी हुरीमा यस्तै एउटा व्यक्ति देखेँ,जसले मान्छे एउटा किरा हो भनेर सोच्न बाध्य बनायो । “पूर्व मेची देखि नेपालको पश्चिम सिमासम्मका सवै मन्दिर मठ मस्जिद मेरा लागि चारधाम हुन”भनेर स्व. राजा महेन्द्रले भन्नु भएको थियो रे भन्ने सुनिएको हो ।