रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन- ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार नगर्न आग्रह गर्दै राजसंस्थालाई छलकपटबाट फालिएको आरोप लगाएका छन् । सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने बताए । उनले भने-‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । राजा बाघ नै हो ।’ सांसद डा. शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको दाबि गरे ।
राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा बाघ हो ।’ उनले भने ।