नेपाल लाइफ इन्स्योरेन्सले दियो ह्वीलचियर
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महाराजगंजको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १ सयवटा ह्वीलचियर हस्तान्तरण गरेको छ ।
इन्स्योरेन्सले एक कार्यक्रमबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो मात्राको ह्वीलचियर हस्तान्तरण गरेको हो । सो सम्बन्धमा इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान भएका हो ।