अनमोल केसीको प्रतिक्षित फिल्म ‘जेरी: अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी : अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको लबिम मलमा आयोजित विशेष समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । समारोहमा फिल्मका प्रमुख कलाकार भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ, र निर्माता टिमको उपस्थिति थियो । मुख्य कलाकार अनमोल केसी भने स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेनन्। ३ मिनेट ४० सेकेन्ड लामो ट्रेलरले सगरमाथा आरोहणका दृश्यहरूलाई केन्द्रमा राख्दै रोम्यान्स, ड्रामा, संवेदना र एड्भेन्चरको मिश्रण प्रस्तुत गरेको छ । सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा खिचिएका दृश्यहरूले फिल्मलाई ‘भिजुअल्ली रिच’ बनाएको देखिन्छ। ट्रेलरमा परिवारिक भावनासँगै प्रेम र धोकाका पाटा पनि जोडिएका छन् ।

कथामा अनमोलले बुबा भुवन केसीलाई जित्ने लक्ष्यसहित हिमालतर्फ अघि बढेको दृश्य विशेष रूपमा देखाइएको छ, जसले फिल्मको साहसिक र प्रेरणादायी पक्षलाई थप बलियो बनाउँछ। ट्रेलरमा प्रेम, धोका, जीवन, मृत्युको संघर्ष र पर्वतीय यात्राको जोखिमलाई एकसाथ जोडेर प्रस्तुत गरेको छ, जसले कथामा गहिरो भावनात्मक प्रभाव ल्याएको छ। फिल्मको कथा पटकथा हेमराज बीसीले लेखेका हुन् भने सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् । निर्देशक सुयोग गुरुङले यसअघि ‘फर्की फर्की’ मा देखाएको ‘भिजुअल’ शैलीलाई यस फिल्ममा अझ सुधारिएको रूपमा प्रस्तुत गरेका छन्। ‘जेरी : अन टप’ रोम्यान्टिक ड्रामा जनरामा निर्माण गरिएको हो। यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो। फिल्म आगामी ३१ असोज ९१७ अक्टोबर० अर्थात् तिहार छेकोमा प्रदर्शनमा आउने तयारीमा छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *