गरिमा विकास बैंक र ‘सोल्टी होटेल’ बीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र सोल्टी होटेलबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार गरिमा विकास बैंकको डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द सोल्टी काठमाडौं’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *