१८ क्यारेट सुनले बनेको अनौठो ट्वाइलेट
इटालीका एक कलाकारले भने यो दौडमा हद पारिदिएका छन् । उनले पूरै १८ क्यारेटको सुनबाट ट्वाइलेट तयार पारेका छन् । प्रसिद्ध इटालियन कलाकार मौरिजियो क्याटेलनले विगतमा भित्तामा केरा टाँसेको कलाकृति तयार पारेर चर्चा कमाएका थिए । यसपटक चाहीँ उनले १८ क्यारेट सुनबाट बनेको चम्किलो ट्वाइलेट बनाएका छन् । उक्त ट्वाइलेटको नाम ‘अमेरिका’ हो । उक्त सुनको ट्वाइलेट बनाउन १ सय १ किलोभन्दा बढी सुन प्रयोग गरिएको छ । आजको बजार मूल्यअनुसार उक्त सुनको मूल्य मात्रै १ करोड डलर जति पर्छ । क्याटेलनको त्यो अद्वितीय ट्वाइलेट सिट १ करोड २१ लाख डलरमा लिलाम भएपछि त्यसलै अझै विश्वभर चर्चा कमाएको छ । उक्त अनौठो कलाकृति अन्ततः रिप्लीज बिलिभ इट अर नट नामक संस्थाले किनेको हो । संस्थाले यसलाई आफ्नो इतिहासकै सबैभन्दा विचित्र र अनौठो खरिद भनेर घोषणा गरेको छ । रिप्लिजको संग्रहमा यसअघि पनि संसारभरका अचम्म लाग्दा वस्तुहरू समेटिएका छन् । सबैभन्दा रोचक कुरा त उक्त ट्वाइलेट केवल प्रदर्शनका लागि मात्र बनाइएको थिएन । यसलाई प्लम्बिङसहित जडान गरिएको थियो ता कि यसलाई वास्तविक रुपमै दिसापिसाबका लागि प्रयोग गर्न मिल्छ । त्यसैले १८ क्यारेट सुनले बनेको, वास्तविक रूपमा उपयोग गर्न मिल्ने र करोडौं मूल्यमा बिकेको यो अमेरिका नामक सुनको ट्वाइलेट अहिले आधुनिक कला र लक्जरी दुवैको अनौठो उदाहरण बनेर विश्वभर चर्चा भइरहेको छ ।
















