सिद्धार्थ बैंकको अनलाईनबाटै डिम्याट खाता

काठमाडौँ । सिद्धार्थ बैंकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको बैंकले जनाएको छ । योसँगै अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् । ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । बैंकको अनुसार डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइनेछ ।

ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्ने जनाएको छ । साथै, ग्राहकहरुले मेरोसेयर र सीआरएनको लागि आवेदन दिएमा प्रक्रिया अघि बढाई ग्राहकहरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *