मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौँ । चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।

प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *