हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार लाल कर्णको राजिनामा स्वीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ मनोजकुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत गरेको हो ।

हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा ५० रुपैयाँ वा सो भन्दा बढि हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए । सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएकोमा कार्यालय समेत जाने अवस्था नभएपछि उनले आज दिउँसो राजिनामा दिएका थिए । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *