शिखर इन्स्योरेन्सद्वारा १७ दिनमा २१८ वटा बीमा दावी भुक्तानी

काठमाडौं । गत असोज २४ गते भएको जेनजी आन्दोलनमा २३ अर्ब हाराहारीको मात्रै बीमा दावी परेकोमा शिखर इन्स्योरेन्स कम्पनीले १७ कार्यदिन भित्रैमा २१८ वटा बीमा दावी भुक्तानी गरेको छ । यस अवधीको महिनादिन भित्रमा कम्पनीले सो दावी भुक्तानी गरेर उत्कृष्ट र अब्बल सावित गर्न सफल भएको हो । दशैं तिहार र कर्फ्युका बीचमा पनि काम गरेर कम्पनीले २१८ वटा बीमा दावी बापत ४२ करोड १० लाख ७४ हजार ३३ रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी गरेको जनाएको छ । कम्पनीले जेनजी आन्दोलनमा पुगेको क्षतिको बीमा दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ । शिखर इन्स्योरेन्स कम्पनीमा मात्रै ४३३ वटा बीमा पोलिसी बापत दुई अर्ब ४१ करोड नौ लाख ९८ हजार १५७ रुपैयाँको बीमा दावी परेको छ । कूल बीमा दावी २३ अर्ब २२ करोड मध्ये शिखर इन्स्योरेन्स मात्रै सो दावी परेको हो । कम्पनीका अनुसार हालसम्म ४२ वटा बीमा दावी सम्बन्धी फाइल अन्तिम भुक्तानी पश्चात बन्द भइसकेको छ । सो बापत कम्पनीले एक करोड ९२ लाख ७० हजार ३३ रुपैयाँ भुक्तानी गरेको छ । सो संख्यामा सवारी साधनहरु रहेका छन् । त्यस्तै, १७६ वटा बीमा पोलिसी अन्तर्गत परेका बीमा दावी रकम मध्ये एडभान्स बापत ४० करोड १८ लाख चार हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डेले भने, ‘हामी बीमा गरेपछि दावी भुक्तानी गर्न ढिलाई गर्दै गदैनौं । खोजी खोजी भुक्तानी गरिरहेका छौं । सिईओ पाण्डेका अनुसार कम्पनीले अग्रिम भुक्तानीलाई समेत तीव्रता दिइरहेको छ । उनले भने, ‘हाम्रा सर्भेयरहरु लगातार फिल्डमा खटिइरहनु भएको छ, उहाँहरुको अनुमानित मूल्याङ्कनको ५० प्रतिशतसम्म भुक्तानी दिन मिल्छ, सोही बमोजिम पैसा दिइरहेका छौं । सिईओ पाण्डेले शिखर इन्स्योरेन्सबाट अग्रिम भुक्तानी पाएर कतिपयले क्षतिभएको संरचना पुननिर्माण समेत सुरु गरिसकेका छन् । सिईओ पाण्डको अनुसार शिखर इन्स्योरेन्स कम्पनीलाई दावी भुक्तानीका लागि कुनै समस्या छैन । कूल दुई अर्ब ४१ करोड बीमा दावी मध्ये करिब ३७ करोड रुपैयाँ शिखर इन्स्योरेन्सको भागमा पर्ने सम्भावना रहेको र कर समेत कट्टा गर्दा चालु आवमा शिखर इन्स्योरेन्सलाई २२।२३ करोड भन्दा बढि क्षति नहुने बताए । उनले भने, ‘त्यति रकम त हाम्रो छ महिनाको कमाई त हो । हामीलाई कुनै समस्या छैन । कम्पनीमा बागमति प्रदेशमा ३४८ वटा बीमा दावी परेको छ । मधेश प्रदेशमा २४ वटा, लुम्बिनीमा १४ वटा, सुदुरपश्चिममा २६ वटा, कर्णालीमा १२ वटा, कोशीमा ६ वटा गण्डकीमा ३ वटा बीमा दावी परेका छन् । दावी मध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत एक अर्ब ७७ करोड, व्यक्तिगत सवारीमा २६ करोड १९ लाख, व्यापारिक सवारी साधनको २० करोड ९६ लाख, मोटरसाइकलमा ६३ लाख ३९ हजार, इन्जिनियरिङ १३ करोड २३ लाख र विविधमा दुई करोड १० लाख रुपैयाँको बीमा दावी परेको छ । निजि सवारीमा तीन करोड ६३ लाख, व्यापारिक सवारीमा चार करोड ९९ लाख, मोटरसाइकलमा १३ लाख पाँच हजार, सम्पत्ति बीमामा २८ करोड १९ लाख र इन्जिनियरिङमा तीन करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । जेनजी आन्दोलनमा सबैभन्दा बढी क्षति भोगेको भाटभटेनी सुपर मार्केटलाई शिखरले २५ प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ भने थप २५ प्रतिशत भुक्तानी गर्ने प्रक्रिया अन्तिम अवस्थामा पुर्याइसकेको जनाएको छ । भाटभटेनीको बीमा दावी शिखर इन्स्योरेन्समा एउटा मात्रै भाटभटेनीमा रहेको आउटलेटको परेको थियो । कम्पनीका अनुसार तिहार अघि ४० प्रतिशतसम्म बीमा दावी भुक्तानी गरिसक्ने जनाएको छ । यस अवधीमा दशैं विदा, सार्वजनिक विदा, दशैं पछिको बाढी पहिरो विदा, र घटना लगत्तै जारी कर्फ्यु आदेश समेत गणना गर्दा जम्मा १७ कार्यदिनभित्रमा उक्त दावी भुक्तानी गर्न सफल भएको हो । बीमा दावी भुक्तानीमा शिखर इन्स्योरेन्स कम्पनीले उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आइरहेको छ । बीमा दावी छरितो हुँदा आम जनमानसमा बीमाप्रति जनविश्वास बृद्धि भई बीमा व्यवसाय विस्तारमा समेत योगदान पुग्ने मानिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *