आज वर्षकै सबैभन्दा लामोदिन, १३ घण्टा ४५ मिनेट सूर्योदय हुने

काठमाडौँ । आज जुन २१ तारिख अर्थात वर्षकै सबैभन्दा लामो दिन । सामान्यतया जुन २१ तारिखको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा आज सूर्योदय १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान ५ बजेर नौ मिनेट जाँदा सूर्योदय भएको थियो भने सूर्यास्त साँझ ७ बजेर ३ मा हुनेछ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया जुन २०, २१ र २२ मध्ये कुनै दिन वर्षकै सबैभन्दा लामो हुन्छ, र भोलिदेखि क्रमशः दिन छोटो र रात लामो हुँदै जान्छ ।

डिसेम्बरको २१ को दिन भने वर्षकै सबैभन्दा छोटो हुने गर्छ । मार्च २१ र सेप्टेम्बर २३ मा भने दिन र रात बराबर हुने गर्छ । पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र नपर्ने भएकाले पृथ्वीमा दिन लामो र छोटो हुने गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *