सांग्रिला डेभलपमेन्टका ग्राहकलाई भक्तपुरको पाँच संस्थामा विशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भक्तपुरको पाँच संस्थाको सेवामा छुट पाउने भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सम्बन्धित संस्थाहरु व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।

बैकका ग्राहकले भक्तपुरको केयर हेल्थ पोलिकिल्निक ५ देखि ५० प्रतिशत , आयुसा ओरल डेन्टल किल्निकमा १५ देखि २० प्रतिशत, बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा ८ प्रतिशत, जय श्री सिद्धगणेशमा स्विमिङ्ग पुलमा ३० प्रतिशत र बि एण्ड बि टपरीमा ५ देखि ७ प्रतिशत छुट पाउनेछन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग र क्युआर प्रयोगकर्ताहरुले उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *