शुभश्री साकोसले शुरु गर्‍यो मोबाइल बैंकिङ

काठमाडौँ । शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोबाइल बैंकिङ सेवा शुरु गरेको छ । आफ्ना सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल बैंकिङ शुरुवात गरिएको संस्थाले जनाएको छ ।

शेयर सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा जोडेर वित्तीय कारोबार मोबाईलबाट गर्नुपर्छ भन्ने मान्यतामा एमबैंक कम्पनीसँग मोवाईल बैकिङ एप सम्झौता गरिएको जनाएको छ । यो सेवा लिएपछि सदस्यहरुले पानी, बिजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगाएत अन्य थुप्रै सेवाहरू सजिलै उपभोग गर्न सक्ने संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *