सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको २४औं स्थापना दिवसमा रक्तदान


सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले २४ औं वर्षमा प्रवेश गरेको अवसरमा मुख्य कार्यालय पुल्चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ३ सय जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । लायन्स क्लब अफ काठमाडौं, सुमेरु अस्पताल र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थले स्थापना दिवसकै अवसर पारेर धापाखेल रहेको सुमेरु अस्पतालमा मृगौला रोगबाट पीडित २४ जना बिरामीलाई सरकारी दररेट र सेवा सुविधामा मृगौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अस्पतालले पहिले सम्पर्क गरेर आवश्यक प्रकृया पुरा गर्ने बिरामीलाई पहिलो प्राथमिकता दिने जनाएको छ । बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा पिछडिएका, निम्न आय भएका र विपन्न वर्गका लागि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *