सामूहिक साकोसको पञ्चवर्षिय रणनितिक ब्यावसायिक योजना


सामूहिक साकोस भक्तपुरको आयोजनामा होटेल घ्याम्पे डाँडा सुर्यबिनायकमा पञ्चवर्षिय रणनितिक ब्यावसायिक योजना आ.व २०७९÷८० बजेट र भावी कार्यदिशा गोष्ठी आयोजना गरिएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शूरु गरिएको कार्यक्रममा सहजकर्ता नेस्फ्कुनका पुर्व सिईओ कुवेर निरौलाबाट सहजिकरण गरिएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, पूर्व अध्यक्ष र कर्मचारीहरु गरी जम्मा २४ जनाको सहभागितामा ब्यवसायिक योजना तथा बजेट माथि अन्तरक्रिया गर्दै आगामी दिनका लगि तयार गरिने बजेटका लागि मार्गनिर्देशन दिनुभयो । साथै कार्यक्रममा सहजकर्ताबाट नितिगत ब्यवस्था, कानुनी व्यवस्था र आवश्यक तालिमहरु माथि प्रश्ट पार्नुभएको थियो । कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्नहरुमा सहजकर्ताबाट उत्तर तथा स्पष्टिकरण सहित प्रस्तुतीकरणको अन्तमा संस्था बलियो बनाउने आधारहरुलाई समेटेर संस्थामा दिगो रहने बचतलाई प्राथमिकता दिनुपर्ने, खर्च बढि हुने, बचतलाई न्यूनिकरण गर्नुपर्ने समेत जानकारी दिनुभयो । अन्तमा संस्थाका अध्यक्षबाट सहजकर्ता कुवेर निरौलालाई र होटेल घ्याम्पे डाँडाका प्रोपाइटरलाई मायाको चिनो वितरणका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *