सिटिजन्स बैकको ‘सिटिजन्स चिरायु मुद्दती योजना’


काठमाडौं । सिटिजन्स बैंकले आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ खाताको शुभारंभ गरेको छ । यी मुद्दती योजनाहरु बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच शुरुवात भएको घोषणा गरे । शाखा प्रबन्धकहरु तथा बरिष्ठ व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैकंलाई अब्बल बनाउने घोषणा पनि गरेका छन् । सिटिजन्स चिरायु मुद्दती योजना अन्तर्गत ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन् । रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता सक्नेछन् । यस मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न सक्छन् । यस मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । माथि उल्लेखित मुद्दती योजनाका साथै उनले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैकंले आफ्नो वेबसाईट मार्फत स्र्माट सर्भिसेस सेवा समेत सुचारु गरेको कुरा बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *