सिद्धार्थ बैंकका ग्राहकलाई द सोल्टी होटेल्स् एन्ड रिसोर्टमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोर्ट बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरि, सोल्टी वेस्टइन्ड रिसोर्ट चित्तवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाईड पोखरा, टाईगर प्यालेस बाइ सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थल स्थित होराईजन लाउन्ज र आन्तरिक विमानस्थलस्थित होराइजन क्याफेमा बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत अथवा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
















