धादिङमा शंकास्पद वस्तु विस्फोट, दुईजना घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुईजना घाइते भएका छन् । सोमबार दिउँसो करिब १ः३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए । उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् । उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *