जटिल प्रकारका बिरामीको उपचार भइरहेको छ, टहरा भत्काउन सकिँदैन ः नर्भिक
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले महानगरको निर्देशन बमोजिम तत्कालै टहरा हटाउन नसकिने जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले यस्तो जानकारी गराएका हुन् । २०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।