आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब २ करोडको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । कुल १५ करोड १४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभा तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात वितरण हुनेछ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ हाराहारीमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *