एनएमबिका ग्राहकले बुद्ध र यति एयरको टिकट काट्दा क्यासब्याक
काठमाडौं । एनएमबि बैंकले एयरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याक पाइने अफर ल्याएको छ । बैंकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३ सय ५० रुपैयाँ र ५ सय रुपैयाँ क्यासब्याक पाइने सुविधा ल्याएको हो ।
यस क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ईकमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।