मेगा बैंकले ल्यायो ६ गुणा रकम बढ्ने योजना
काठमाडौं । मेगा बैंक नेपालले ६ गुणासम्म प्रतिफल दिने मेगा म्याजिक मुद्दती योजना ल्याएको छ । यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १ सय ९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । यस्तै, संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले ९३ महिनादेखि १ सय ८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १ सय ८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ ।