जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान


काठमाडौँ । जुम्लामा ज्ञानेन्द्र शाही जिताउ अभियान सूरु भएको छ । आउँदो ४ म‌ंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले औपचारिक कार्यक्रम गरी यो अभियान सूरु गरेको बताएका छन् ।

सबै स्थानीय तहमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेपछि अभियान सुरु गरिएको शाहीले बताए । ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तर्गत २८ साउनमा सिंजा गाउँपालिका, २९ साउनमा कनका सुन्दरी गाउँपालिका, ३० साउनमा हिमा गाउँपालिका, ३१ साउनमा तिला गाउँपालिका, १ भदौमा तातोपानी गाउँपालिका, २ भदौमा गुठीचौर गाउँपालिका र ३ भदौमा पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम गरिएको थियो ।

ज्ञानेन्द्र शाही जिताउ अभियानका लागि जुम्ला बजारमा सम्पर्क कार्यालय पनि खोलिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *