महालक्ष्मी विकास बैंकको मोबाइल एपबाट कारोबार गर्दा स्मार्टफोन जित्न सकिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाईल एप प्रयोगकर्ताहरुको लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीन वटा कारोबार गर्ने ग्राहकहरु मध्ये भाग्यशाली चार ग्राहकहरुले स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुलाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन गर्न लागेको हो ।
ग्राहकले दुई महिनासम्म तीन वटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाईल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।