सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई दराजमा छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच ११.११ को अभियानको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्नेछ ।