सूर्या लाईफको साधारणसभाले पारित गर्यो मर्जरको प्रस्ताव


काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको चौधौं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । दुई कम्पनी एक आपसमा गाभिए पश्चात् जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।
सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७।७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आ।व। २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ
त्यसैगरी, आर्थिक वर्ष २०७७।०७८ मा सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *