काठमाडौं ४ मा गगन थापाको झिनो मतले अग्रता
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट गणना सुरु गरिएको हो । त्यसैगरी क्रस खुकुरी चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार अर्जुनप्रसाद प्रसाईं २८ र हाम्रो नेपाली पार्टीका अर्जनकुमार राणाले १९ मत प्राप्त गरेका छन् ।