समानुपातिक सांसदको सूचीले रास्वपा र राप्रपामा अनिष्ट

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपामा बबन्डर मच्चिएको छ । जसकारण निर्वाचनमा सफलता पाएको दुवै पार्टी विवादमा तानिएको छ । यो विवादले कस्तो रूप लिन्छ भन्ने केही समयभित्रै थाहा हुनेछ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले समानुपातिकमा १३ र राजेन्द्र लिङ्देन नेतृत्वको सात सिट पाएको थियो । पहिलो निर्वाचनमै रास्वपाले जुन सफलता प्राप्त गरेको छ, त्यो निकै लोभलाग्दो विषय हो ।

कांग्रेस, एमाले र माओवादीको असन्तुष्टिले समानुपातिकमा राम्रो सफलता पाएको सो पार्टीले निर्वाचनअघि समानुपातिकमा पठाउने नेताहरूको प्राइमरी इलेक्सन गरेको थियो । भारतको आम आदमीबाट प्रभावित भई रास्वपाले प्राइमरी इलेक्सन गर्दा पहिलो, दोस्रो र तेस्रो नम्बरमा धेरै मत ल्याउनेलाई सांसद बनाइने भनिएको थियो । तर, समानुपातिकमा रास्वपाका प्रवक्ता मुकुल ढकालले गणेश कार्की र दिपक बोहराको नाम काटेर चन्दा कार्कीलगायतलाई पठाएपछि बबन्डर मच्चिएको छ ।

कार्कीले त शनिबार नै फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता ढकालले आफ्नी गुरुमा र कर्मचारीलाई समानुपातिक कोटामा राखेको भन्दै असन्तुष्टि मात्र जनाएनन्, समानुपातिक प्रणालीकै दुरुपयोग गरेको भनेर आरोपसमेत लगाए । उनले पार्टी बनाउन ठूलो मेहनत गरे पनि त्यो केही व्यक्तिको हठले छायाँमा पारेको आरोप पनि लगाएका छन् । आफू सांसदमा सिफारिस नपरे पनि दीपक बोहराले शनिबार राति रवि लामिछानेसँगको तस्बिर फेसुबकमा राख्दै ‘हामी सँगसँगै छौं’ भनेर लेखेका छन् ।

शनिबार बसेको रास्वपाको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाएको छ। जसमा डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, असिम साह, मनिष झा, लक्ष्मी तिवारी, डोलप्रसाद अर्याल, डा. चन्दा कार्की, निशा डांगी, अशोक चौधरी, सन्तोष परियार, शिव नेपाली र विनिता कठायतको नाम बुझाएको छ ।

पूर्वपञ्चहरूको पार्टी राप्रपामा पनि चरम विवाद देखिएको छ । महाधिवेशनपछि राप्रपा युवाले चलाउँछ भनेर डिङ हाँक्ने लिङ्देन अहिले बयोबृद्ध नेताहरूलाई समानुपातिक सूचीमा राख्न विवश भएका छन् । बाहिर जति बोले पनि लिङ्देन पशुपतिशमशेर राणाका अगाडि कमजोर छन् । पशुपतिशमशेर जबरा, रोशन कार्की, गीता बस्नेत, बुद्धिमान तामाङ, बीना लामा, बीना जयसवाल र अनिसा नेपालीलाई राप्रपाले सांसद बनाएको छ । सबै बयोवृद्ध नेताहरू हुन् । राणा सांसद भए पनि डा।प्रकाशचन्द्र लोहनी नपरेपछि राप्रपामा असन्तुष्टि सुरु भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *