शिखर इन्स्योरेन्सले १६ प्रतिशत बोनस दिने


काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्युनतम पुँजीभन्दा बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *