एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्। एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन्। ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। पदाधिकारीहरूमा पनि अधिकांश ओली पक्षकै विजयी भएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *