डा.सन्दूक रूइतले इसा अबार्ड सहीत १३ करोड पुरस्कार पाउने


काठमाडौं । नेपालका आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । खाडी क्षेत्रको देश बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको गल्फ न्युजले जनाएको छ । बहराइनका राजाका विशेष प्रतिनिधिले यो अवार्ड विजेताको घोषणा गरेको उक्त खबरमा उल्लेख छ । हरेक दुई वर्षमा बहराइन सरकारले प्रदान गर्ने यो अवार्ड विपद रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिएको छ । यस अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात् १३ करोड रुपैयाँ प्राप्त गर्दछन् । यस पटक यो अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । नेपालका यी समर्पित बरिष्ठ नेत्र चिकित्सक डा. रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल भएका छन् । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिएका छन् । यसरी नै मानबताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डा. रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उनको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *