गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? प्रधानमन्त्रीको जवाफ : ‘बनेपछि थाहा हुन्छ’

काठमाडौं । रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले सम्हालीरहेका छन् । रिक्त गृहमन्त्री पदमा कसलाई लैजाने भन्ने विषयमा सत्ता गठबन्धनमा बाक्लो छलफल भइरहेको छ ।

तर, अहिलेसम्म कसलाई बनाउने भन्ने सहमति भइसकेको सकेको छैन । रिक्त रहेको गृह मन्त्रालय आफैंले राख्ने रणनीति बनाएको माओवादी केन्द्रको पदाधिकारी बैठक चलिरहेको छ । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनु हुन्छ ? भनेर प्रश्न सोधेका छन् ।

सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले सटिक जवाफ दिँदै भने, ‘बनेपछि थाहा हुन्छ ।’ रास्वपाले आफ्नो भागमा परेको गृहमन्त्री आफैले पाउनु पर्ने अडान राखिरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भइरहेको छ । तर, ठोस सहमति बन्न सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *