‘श्रीमान्’ विरुद्ध जिल्ला अदालतमा निहारिकाको अशं मुद्दा
काठमाडौं । सोनाली कुमारी सिंहले अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीट गरेकी छिन् । आइतबार निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएपछि अहिले उनका वारेमा नयाँ ट्वीस्ट आएको हो । निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमान्ले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता उनले दर्ता गराएको धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए । निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।
निहारिकाले आइतबार धनुषा जिल्ला अदालतमा दर्ता नम्बर ०७९–१९७९ बाट अंश मुद्दा दर्ता गराएपछि जिल्ला अदालतले एक सातापछिको तारेख दिएको छ । तर निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्ने भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग उनको रहेको छ । सोही अनुसार माघ १६ गते सोमबार नै आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् ।
हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् । श्रेष्तेदार बस्नेतले भने, ‘वास्तवमा यो अंशका लागि भन्दा पनि नाता कायमका लागि प्रक्रिया पूरा गर्न खोजिएको जस्तो बुझिन्छ । उनले अंशको मुदा दर्तँ गरेपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ बताएको छ ।
सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो ।