दुईवटा राहदानी बोकेर हिँड्ने रविलाई मन्त्री बनाउन ओलीकै जोडबल, अनि गर्छन् सुशासनका गफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभाप ति रवि लामिछानेले नेपाली र अमेरिकी राहदानी बोकेर हिँडेको पुष्टि भइसकेको छ । अमेरिकी राहदानी हुँदाहुँदै उनले नेपाली राहदानी बनाएको पनि खुलिसकेको छ । पछि बनाएको राहदानी उनले अध्यागमन विभागलाई बुझाइसकेका छन् । एकै समयमा दुई देशको राहदानी बोकेर हिँड्नेलाई नेपालको कानुनले कीर्ते गरेको ठहर गर्छ

हिजो टेलिभिजनमा पत्रकारिता गर्दा दुनियाँलाई प्रश्न गर्ने रवि आफैंले दुई देशको राहदानी बोकेर हिँडेका छन् । हिजो अमेरिकाको नागरिकता र पिआर छोड्ने बेला प्रेस पास बनाउनुस्, नागरिकता लिनुस् भनेर नेपाल प्रेस काउन्सिलका तत्कालीन कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले भन्दा रविले भनेका थिए– ‘बरु जुत्ता पालिस गर्छु, तर कुनै हालतमा लिन्न भनेका थिए ।’ यो सार्वजनिक तथ्य पनि हो । तर, दुई दुईवटा राहदानी बोक्ने रविलाई अहिले एमाले अध्यक्ष केपी ओलीले मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेको माओवादी नेता दिनानाथ शर्माले रहस्य खोलेका छन् ।

मंगलबार बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) मा अन्तर्वार्ता दिँदै माओवादी नेता शर्माले रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्छ भनेर केपी ओलीले समस्या सिर्जना गरेको आरोप लगाए । ‘रविजीलाई गृह मन्त्रालय फापेन । अरु मन्त्रालय लिएको भए यस्तो हुँदैनथ्यो कि रु अब अदालतको निर्णय पालना गर्नुपर्‍यो । ओलीजी गृह मन्त्रालय रविलाई नै चाहिन्छ किन भनिरहेका छन् ? उहाँ समस्या सिर्जना गर्न सिपालु छन । रविजीलाई गृह मन्त्रालय नै किन चाहियो ? सीडीओ सरुवा गरिसक्नुभएको छ । क्रसर उद्योग बन्द गरेर सरुवा बढुवा गर्न भ्याइसकेका छन् ,’ शर्माले भने ।

सरकार गठन गर्ने बेलामा पनि ओलीले जबर्जस्ती गरेपछि अमिलो मुख बनाएर प्रचण्ड रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य भएको उनले बताए । ‘हामीले गृह र अर्थ मन्त्रालय प्रधानमन्त्रीसँग हुनुपर्छ भनेका थियौं । ओलीले जबर्जस्ती गरेपछि मुख अमिलो बनाउँदै प्रचण्डले रविजीलाई गृहमन्त्री बनाए । त्यसबाट उपेन्द्र (यादव)जी, सीके राउत असन्तुष्ट छन् ।

सत्ता साझेदार दल भनेको रविजी मात्र त होइन नि,’ उनले भने । दुई देशको राहदानी बोकेर हिँड्ने गैरसांसदलाई मन्त्री नियुक्त गर्न दबाब दिएर ओलीले सुशासनका गफ दिनु बेकार रहेको माओवादी नेताहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *