२०० मेगापिक्सल जाइस क्यामरा भएको भिभो एक्स–३०० प्रो सार्वजनिक

काठमाण्डौं । भिभोले नयाँ फ्ल्यागसिप स्मार्टफोन भिभो एक्स–३०० प्रो बजारमा सार्वजनिक गर्ने भएको छ। सामाजिक सञ्जालमा जारी आधिकारिक टिजरहरू र एनपिएलमार्फत् गरिएको प्रमोसनपछि डिभाइसप्रति चासो बढिरहेको छ। व्यवसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित तयार गरिएको एक्स– ३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको कम्पनीले जनाएको छ। जाइससँगको सहकार्यमा विकसित यो फोनको मुख्य आकर्षण २०० मेगापिक्सल जाइस एपियो टेलिफोटो क्यामरा हो, जसले सूक्ष्म विवरण क्याप्चर गर्ने अपेक्षा गरिएको छ। साथै, जाइस गिम्बल–ग्रेड मेन क्यामरा र ५० मेगापिक्सल जाईस वाइड–एंगल फ्रन्ट क्यामरा समावेश हुनेछ। फोनमा भियएस वन, भी थ्री प्लस चिप र भिभोले विकसित गरेको उच्च–दक्षता इमेजिङ एनपियुले इमेजिङ प्रक्रिया अझ छिटो र प्रभावकारी बनाउनेछ। डाइमेन्सिटी ९५०० चिपसेटमा चल्ने एक्स–३०० प्रोलाई आर्मोर ग्लास, ६५१० एमएएच ब्लु वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्जले साथ दिनेछ। उन्नत हार्डवेयर र सफ्टवेयरको संयोजनसहित भिभो एक्स–३०० प्रोले नेपाली बजारमा मोबाइल इमेजिङको नयाँ स्तर स्थापित गर्ने अपेक्षा गरिएको छ। भिभो एक्स–३०० प्रो फ्यान्टम ब्ल्याक र ड्युन ब्राउन रङमा उपलब्ध छ। यसको मूल्य एक लाख ७९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो फोन सोमबारदेखि दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *