१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनु आजको आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १२ बुँदै समझदारीका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । पधानमन्त्री प्रचण्डले आज पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै विगतमा समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका हुन् ।

‘मुलुक राजनीतिक र आर्थिक रुपले संक्रिण अवस्थामा पुगेकाले नेपालको राजनीति प्रदुषित भएकाले नै अर्थतन्त्र धरापमा परेकाले विगतमा १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, ती सबै अब पुनः एक ठाउँमा उभिनुपर्ने प्रधानमन्त्री प्रचण्डले प्रदेश बैठकलाई सम्बोधन गर्दै यस्तो बताए ।

सो बैठकका क्रममा राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प भएकाले ‘ठुला पार्टी एक ठाउँ उभिनुपर्नेमा जोड दिए । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्नुपर्छ । विकल्प निकाल्न सकिन्छ तर त्यसका लागि राजनीतिक ठूला दलहरु एक ठाउँमा उभिनु जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *