केपी ओली कपको उपाधि मछिन्द्रले उचाल्यो


काठमाडौं । केपी ओली कपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लले जितेको छ । दशरथ रंगशालामा आज भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले पाँच लाख नगद प्राप्त गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।


सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । त्यसअघि पाँचौँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, खेलको १८ औँ मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *