सिद्धार्थ बैंकको सहयोगमा नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण


काठमाडौं । सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलाइसिस भवन हस्तान्तरण गरेको छ । २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ लाख रुपैयाँ लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी बुधबार अस्पताललाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्रन्जन साहलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *