२५ लाख कित्ता आइपीओ जारी गर्दै बन्दिपुर केबलकार


काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजमले सर्वसाधारणको लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २५ लाख २८ हजार कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले सेयर जारी गर्न सार्वजनिक निष्काशन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । त्यसको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजमको तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *