गोविन्द भट्टराईले गरे मतदान

काठमाडौँ । तनहुँ- १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् ।

भट्टराईले तनहुँको व्यास नगरपालिका–११ बेलटारीस्थित तनहुँ प्राथमिक विद्यालय (तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय) बाट मतदान गरेका हुन् ।

यस उपनिर्वाचनमा तनहुँ-१ बाट दुई उम्मेदवारले मात्रै मतदान गर्न पाएका छन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गरेका छन् ।

अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउने छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *