आगलागीबाट सिन्धुलीको चियाबारीमा पाँच घर जले

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा सोमबार बिहान भएको आगालागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौंको धनमाल डढेको छ ।

स्थानीय टंक थापाको घरबाट सुरु भएको आगालागीबाट पाँच घर पूरै जलेका हुन् । आगलागी राति १ बजेबाट सुरु भएको थियो । प्रहरीका अनुसार आगलागीमा नगद १० लाख रुपैयाँ, गरगहना र पसलका सामान जलेका छन् ।

आगालागी सुरु हुनासाथ खबर गरिएको कमलामाई नगरपालिकाको दमकल डेढ घण्टा ढिलो आएकाले नियन्त्रणमा लिन पनि ढिलाइ भएको स्थानीयको गुनासो छ । यो आर्थिक वर्षमा जिल्लाभरमा आगलागीबाट १९ घरगोठ जल्नुका साथै एकजनाको ज्यान गएको प्रहरी तथ्यांक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *