प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा छुट


काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बस्ताकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले सिन्की भान्छा घरको ‘ब्रेकफास्ट, लञ्च एण्ड डीनर’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । छुट प्राप्त गर्नका लागि प्रभु बैंकका ग्राहकहरुले भान्छाघरबाट सेवा लिए बापतको भुक्तानी प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *