महालक्ष्मी विकासले विद्यार्थीलाई दियो स्कुल ब्याग
काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको छ ।
बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । राउन्ड टेबल नेपालले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको छ ।