रवि लामिछाने र स्वर्णिम वाग्लेले दिए सांसदको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् । शुक्रबार दिउँसो सभामुख देवराज घिमिरेले लामिछाने र वागलेलाई संसद् सचिवालयमा पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

लामिछाने र वाग्ले दुवै वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् । रवि चितवन २ र स्वर्णिम तनहुँ १ बाट विजयी भएका थिए ।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्दैछ । त्यसअघि नै सभामुख घिमिरेले लामिछाने र वाग्लेलाई शपथ गराएका हुन् । दोहोरो नागरिकता प्रकरणमा रविको सांसद पद गुमेपछि वैशाख १० गते चितवनमा उपनिर्वाचन भएको थियो । उनी पुनः सानदार मतसहित विजयी भएर संसद् छिरेका हुन् । वाग्ले भने राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ बाट विजयी भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *