काठमाडौंका अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगलागिको घटनालाई नियन्त्रण गर्न महानगरले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार आजबाट अनावश्यक तार हटाउन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार हटाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *