सांसद अमरेशकुमार सिंहलाई सभामुखले दिए कारबाहीको चेतावनी

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहलाई संसदीय नियमावली अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार बिहान बसेको संसद बैठकमा स्वतन्त्र सांसद सिंह अर्धनग्न बनेपछि सभामुख घिमिरेले सभ्य हुन निर्देशन दिएका हुन्।

उनले सभ्य नभए नियमानुसार कारबाही गर्ने जानकारी गराए। सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे। सिंहले उठेर आफूले लगाएको सर्ट र सेण्डो उतारेर अर्धनग्न बनेका थिए।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराएपछि सिंहले कपडा खोलेर विरोध गरका थिए ।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराएपछि सिंहले कपडा खोलेर विरोध गरका थिए ।सभामुखले कारबाही गर्ने चेतावनी दिएपछि अमरेशले कपडा लगाएका थिए । सोही कारण कारबाही प्रक्रिया अघि बढेन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *